विवादित नेपाली नागरिताको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष तथा पूर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछाने माथि भएको किचलो झनै झाँगिदै गएको छ ।
सर्बोच्च अदालतमा परेको नागरिकता र राहदानीको रिटमा नागरिकता असंवैधानिक भएको अदालतको सुनुवाइसंगै गुमेको लामीछानेको उपप्रधान तथा गृहमन्त्री पद नपाउने भएको छ ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसको महामन्त्री गगन थापा लगाएतका नेताहरूले वर्तमान नेपालमा भएको चरम वेथिति र भ्रष्ट्रचारको अन्त्यको लागि तथा जनताले लामिछाने माथि अरु नेता तथा पार्टी भन्दा बढि विश्वास गरेकै कारणले लामिछानेले गृहमन्त्री पद पाए केही सुधार गर्न सक्ने छनक देखिएको बताए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने पुनः लामिछानेलाई गृहमन्त्री बनाउन इच्छुक देखिएकोछैन ।
अदालतको पूर्णपाठ आउन बाँकी रहेको तथा उप निर्वाचन पनि कहिले कसरी गर्ने टुङ्गो नभएको तथा गृहमन्त्रीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिइ प्रधानमन्त्री प्रचण्डले गृह आफैसंग रहने सट्टामा अन्य कुनै मन्त्रालय लिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रह गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने संकेत देखाएको छ ।
लामिछानेलाई मृद्धा दायर गरेको युवराज सफलले लामिछानेले नेपाली नागरिकता र राहदानीको दुरुपयोग गरेकोले जेल हाल्नु पर्ने बताएकोछन ।
नाबालिका बलत्कार आरोप लागेर जिल्ला अदालत काठमाण्डौँको आदेशमा पुर्पक्षको लागि थुनुमा रहेका पूर्व क्रिकेट कप्तान सन्दिप लामिछानेलाई उच्च अदालतले आफ्नो क्षेत्रधिकार बाहिर गएर धरौटीमा छाडेको भन्दै महान्यायाधिवक्ता कार्यालयले थुनामा नै राख्नु पर्ने माग सहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
लामिछानेलाई २० लाख ढलौटीमा सहित सधै प्रहरीको सम्पर्कमा रहनेगरि पुष २० गते उच्च अदालत पाटनले फुकुवा गरेको थियो ।
क्रिकेट खेलको लागि बेष्ट इन्डिज पुगेको लामिछानेलाई असोज २० गते त्रिभुवान अन्तराष्ट्रिय विमान स्थलबाट प्रक्राउ परेको थियो ।
उनी बिरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।
Leave a Reply