फोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते

माघ १८ ।

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका–६ हिलेपानीमा फोर्स गाडी दुर्घटना हुँदा ७ जना यात्रु गम्भिर घाइते भएकोछन ।

प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा गाडीमा सवार १४ जना मध्ये ७ जना सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरिक्षक सुकदेव खनालले बताउनु भयो ।

घाइते मध्ये सिकिस्तहरूलाई उदयपुरको घुर्मीमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौँ लगिएको बताइएको छ ।

ओरालो सडकको घुम्तिमा अचानक गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

दुर्घटनामा २४ वर्षिय चालक खगेन्द्र कुमार घिमिरे सक्त घाइते भएको छ । गाडी ओखलढुङ्गाबाट धरान जाँदै गरेको बताइएको छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*