माघ २९, काठमाण्डौँ ।
सरकारले फागुन १ गते देशैभरि सार्वजनिक बिदा दिएको छ।
माओवादी जनयुद्ध सुरू भएको दिनको अवसरमा फाल्गुन १ देशैभरि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरू गरेको थियो।
Leave a Reply