फागुन २६ ।
उत्पीडित जाति र समुदायको सन्दर्भमा उल्लेख्य योगदान नगरेका कारण आफ्नै समुदायमा उचित सम्मान छैन । तर, राम्रो नराम्रो जे जस्तो भए पनि- उत्पीडित समुदायबाट उठेर एउटा उचाइ प्राप्त गरेका नेतृत्व हुन- सुवास कमरेड । नेपाली राजनीतिमा उनको आफ्नै पहिचान छ । तर, राजनीतिक यात्राको पूर्णविराम सुखान्त हुन सकेन ।
त्यसको कारण बन्यो- पराजित हुने अवस्थामा राष्ट्रपति निर्वाचनको मैदान उत्रनु । अलि तुच्छ भाषामा भन्नु पर्दा- बलिको बोको बन्नु !राजनीतिमा ‘तान्ने’ अर्थात आफुलाई संरक्षण गर्ने उपल्लो नेतृत्व र ‘थाम्ने’ कार्यकर्ता पंक्ति दुबै चाहिन्छ ।
तर, सुवास कमरेडसँग त्यो दुबै छैन ।पार्टीमा ओलीको पहिलो रोजाइमा पर्दैनन्, पार्टीभित्र लाइन संघर्ष गर्ने ल्याकत त छँदै छैन । अब जनतामा जाने आधार पनि छैन । राष्ट्रको अभिभावकीय भूमिकाका लागि लाइनमा उभिइसकेका व्यक्त्ति अन्य राजकीय भूमिकाका लागि लोभिनु नैतिक रुपमा उचित हुँदैन ।
तुलना गर्न अलि असहज लागिरहेको छ । तर, आज सुवास कमरेड ‘सबथोक गुमाएका जुवाडे’ झै लागिरहेको छ । जोसँग सारा जित्ने चाहना भएर पनि दाउ लागेन !इलामे त्यसमा पनि आदिवासी जनजाति नेतृत्वको वियोगान्त बिदाइ पहिलो होइन ।
२०७२ सालमा इलामकै नेतृत्व, सुवास कमरेडहरुकै गुरु केवी गुरुङको बिदाइ पनि यस्तै भयो । (तुलनात्मक रुपमा केवीप्रति अलि बढि सम्मान छ)केवी र सुवास कमरेड जित्ने अवस्थाका उम्मेदवार थिएन् ।
सायद दुबै नेतृत्वले आन्तरिक उपनिवेश र विभेद बुझेकै होलान । विभेदविरुद्ध विद्रोह गर्ने हिम्मत नगर्नेहरुको सूची यसरी नै थपिदै जानेछ ।आशा गर्नुपर्छ- अबका जो कोहि नेतृत्व सुवास जस्तो आफ्नो वर्ग र समुदाय नै भूलेर अति स्वार्थी कोहि नबनुन्, आन्तरिक उपनिवेश र विभेदको सिकार नहुन् । सञ्चारकर्मी मिलन लिम्बुको वालबाट
Leave a Reply