निर्माधिन बाइटारको पुल भाचियो, स्थानीयबासी निरास

चैत्र १०, काठमाण्डौँ ।

खोटाङ र उदयपुर जिल्ला जोड्ने बाइटार घाटमा बन्दै गरेको पूल प्राविधिक त्रुटिको कारण निर्माधिन पुलको उदयपूर चिप्टारतर्फको टावर भाचिएको स्थानीयबासी स्थानीयबासी नबल राई (नौबोडे)ले बताउनु भयो ।

२०७४ सालबाट निमार्णधिन पूल ठेकेदार कम्पनीको लापारबाहीले हालसम्म पनि नबनेको र बन्दै गरेको अवस्थामा टावर भाचिएपछि स्थानीयबासी थप सास्ति हुने हलेसी तुवाचुङ नगर पालिका वडा नं २ का वडा अध्यक्ष देबेन्द्र राईले बताउनु भयो ।

भौगोलिक दुरता र दुर्गम क्षेत्र भएकोले आफुलाई खासै जानकारी नभएको तर के भएको भन्ने बारे चासोको साथ सोधीखोजीमा रहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताउनु भयो ।

यसैगरि संघीय संसद रामकुमार राई ‘पासाङ’ले सञ्चारकर्मी चन्द्र वाम्बुलेले खबर गरेपछिमात्रै पूलको घटना थाहा भएको र यसबारे विस्तृत रुपमा बुझेर निर्माण कार्य तत्कालै अगाडी बढाउन पहल गर्ने बताउनु भयो ।

पूलको ठेकेदार बसन्त बुढाथोकीसंग र इन्जिनियर (प्रविधिक) कोही पनि निर्माधिन क्षेत्रमा नभएकोले कोहीसंग पनि सम्पर्क हुन सकेकोछैन ।
चैत्र ११ गते ठेकेदार कम्पनी र प्राविधिक टोली निर्माधिन स्थलमा आइ पुलको विस्तृत कारणबारे अध्ययन गरि सार्वजानिक गर्ने निर्माधिन पूलमा कार्यरत श्रमिकहरू मार्फत जानकारी प्राप्त भएको स्थानीयवासीले बताउए ।

सुनकोशी, तामाकोशी, भोटेकोशी, लिखु र दुधकोशी सहित ५ वटा नदि मिसिएर बगेको कोशीमा हिउदको बेला डुङ्गाको सहाराले जोखिमपूर्ण तबरले ओहोरदोहोर गरे पनि वर्षादको यममा सधै नाका बन्दनै रहँदै आएको स्थानीयबासीहरू बताएछन ।


दुर्गम भएकै कारण कम शिक्षा र राजनितिक पहुचबाट पिछाडिएको बाइटार आजको २१औँ शताब्दीको विज्ञान र प्रविधिको चमत्कारी युगमा पनि विकासको आधारभूत सुविधासम्म पाउन नसक्नुले सरकारको जनताप्रतिको गैह्रजिम्मेवारीपन घाम झै छर्लङ्गै छ ।

भौगोलिकता कठिनाइकै कारण सधै ओझेलमा परेको बाइटार क्षेत्र शिक्षित र राम्रो कमाउन सक्ने पुस्ता शहर केन्द्रित हुनाले पनि थप पिछाडिँदै आएको छ ।

स्थानीयबासी नबल राई (नौबोडे)
About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*