साकेला

हामीले साकेला लाई सिर्फ रमाईलो नाँचगान र मनोरन्जनको रुपमा मात्र लिईरहेका छौ तर उभौली उधौलीको साकेला शिलीहरु सिर्फ मनोरन्जन र नाँच मात्र होईन।यो साकेलाको मुन्दुमी सांस्कृतिक आध्यात्मिक महत्व साकेला पुजासंग जोडिन्छ।

उभौली उधौली साकेला पुजाको सुरुवात नै साकेला नछुङले सुप्तुलुङ ३ चुलाको पुजा आराधनाबाट सुरुवात हुन्छ र साकेलाथानको पुजा गरीन्छ र शिलि नाच्ने कामहरु सिलिमाङ्पा/सिलिहाङ्मा/सिलिमोपाहरु बाट हुनेगर्दछ।

अन्तमा साकेला नछुङले साकेला समापन गर्दा पनि सुप्तुलुङ ३ चुलामा आएर नै साकेला पुजाको समापन कार्य हुनेगर्दछ।यहि साकेलाको प्रकिया र पद्धती हो।साकेलाको मुन्दुमी/सांस्कृतिक महत्व साकेला पुजासंग सम्बन्धित छ भने साकेला पुजा ३ चुला सुप्तुलुङको पुजा आराधना संग सम्बन्धित छ।हामी त साकेला भनेको उफ्रिने पाफ्रिने नांचगान रमाईलो नांचगान हो भन्ने जस्तो गर्न थालेका छौ।यो साकेला/साकेन्वा/साक्खेवा शिलीहरु प्राचीन किरात सभ्यताको विकासको क्रममा किराती पुर्खाहरुले प्रकृतीसंगको अन्तरसम्बन्ध/जंगलीयुग/शिकारीयुग/कृषीयुगमा पशुपंक्षी/चराचुरुङ्गी/वनजंङ्गल/ढुंगा माटो जल जमिन संगको सामिप्यता/पुर्खाहरुले गरेका सभ्यताकालिन श्रमको श्रम सौन्दर्ययुक्त क्रियाकलापहरु र मुख्यतः किरातीहरुको भुमिदेव/आराध्यदेव साक्खेवा/साकेन्वा साकेलाको शक्तीको प्रतिक साक्खेवा/साकेन्वा (साकेला लुङ)संगको पुजा आराधना र साकेला सम्बद्ध शिलीहरुको आध्यात्मिक/सांस्कृतिक अर्थहरु बुझ्नु जरुरी छ।

यो साकेला/साकेन्वाको मुन्दुमी सांस्कृतिक आध्यात्मिक महत्व बिना,साकेलाको प्रक्रिया र पद्धती बिना त्यतिकै साकेला भनेर नाच्नु उफ्रिनुको मात्र कुनै पनि अर्थ छैन।यो साकेलाको आफ्नै मुन्दुमी प्रकिया र पद्धती छ,त्यो प्रकिया र पद्धती पुरा गरेमात्र मुन्दुमी साकेला सम्पन्न हुन्छ।साकेला शिलीहरुको पनि साकेला पुजा र मुन्दुमीच सांस्कृतिक आध्यात्मिक अन्तरसम्बन्ध छ,साकेला पुजा सुप्तुलुङ/हुत्लुङ ३ चुला पुजा संग सम्बन्धित छ।**** मुलघरे कान्छा

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*