टुकुचा प्राकृतिक रुपमा नै बग्न पाउने उच्च अदालत पाटनको फैसला

उच्च अदातल पाटनकाे फैसलाकाे पूर्णपाठले टुकुचा खाेलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकाे छ ।

टुकुचा ढल हाेइन, टुकुचा खाेला नै हाे भन्ने कुरा पुनः प्रमाणित गरेकाे छ । नदीकाे प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रकाे घाेषणा गरेकाे छ ।

साे फैसलाले टुकुचा खाेला अर्थात् इच्छुमति नदिकाे प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूकाे ध्यानाकर्षण समेत गरेकाे छ ।

कुनै पनि नदी वा खाेलाकाे वहाव क्षेत्र, साेकाे दायाँबायाँ वा साेकाे माथिकाे जग्गा व्यक्ति विशेषकाे नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ ।

तसर्थ, अब टुकुचा खाेलाकाे क्षेत्राधिकार भित्रकाे व्यक्ति विशेषकाे नाममा त्रुटीवश कायम हुन गएकाे जग्गाको कानुन बमाेजिम लगत कट्टा गर्ने र त्यस्ताे जग्गा महानगरवासीकाे सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयाेजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ ।

यस फैसलाबाट पनि याे पुष्टि हुन्छ कि, टुकुचा खाेलाकाे प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलाे चरणकाे सफलता मिलेकाे छ । खाेला छाेप्ने कार्य बर्जित हाे, यस्ताे कार्यलाई सकृयता पूर्वक राेकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् भनि मेयर बालेन साहले बताउनु भएको छ ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*