सांसद अमरेश संसद हलभित्रै अर्धनग्न

बैशाख २६ । काठमाण्डौँ ।

स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले

आकस्मिक समय माग गर्दा समय नपाएपछि संसद अमरेसकुमार सिँह संसदको बैठक हलमै अर्ध नग्न बनेको हुन । सभामुख देवराज घिमिरेले समय नदिएपछि त्यसको विरोधमा उनलेकोट, सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्दै संयमित भई संसद बैठकको आचारसंहिता पालन नगरे कानुनी कारबाही गर्ने चेतावानी दिएपछि संसद सिहँले आफ्नो लुगा लगाएको थिए ।

प्रतिनिधिसभाको नियमावलीको नियम २१ मा संसदमा हुने छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम सम्बन्धी व्यवस्था छ ।

शून्य समयमा बोल्दै एमाले सांसद अच्युतप्रसाद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गरे ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*