कोशी विरोधमा झापामा गोली चल्यो २ जना गम्भिर घाइते

बैशाख २६, झापा ।


कोशी प्रदेश खारेजीको माग सहितको राके जुलुमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा २ जना प्रदर्शनकारी गम्भिर घाइते भएकाछन ।

यसैगरि प्रहरी तर्फ ५ जना भन्दा बढि सुरक्षकर्मी घाइते भएको झापाका एसपी दुर्गाराज रेग्मीले बताउनु भयो ।


प्रदर्शनकारीलाई रोक्न जाँदा सुरक्षाकर्मी माथि अचानक इट्टा, ढुङ्गा, लाठी तथा बलिरहेको राँको नै फालेपछि स्थिति नियन्त्रण गर्न केही हावाइफाइर तथा प्लास्टिकको गोली प्रहार भएको एस्पी रेक्मीले बताउनु भयो ।


प्रहरीको गोली लागी प्रदर्शनकारी गेजन्द्र फागोको बाया खुट्टाको घुँडामा गम्भिर चोट लोग्नुको साथै पटेल्लो (घुँडाको हड्डी)मा गम्भिर क्षति पुगेकोले छ ।

दमक लाइफलाइन अस्पतालमा उपचार भइरहेको घाइते फागोको तत्काल खुट्टाको अपरेसनको गर्नु पर्ने भएकोले अस्पतालले अन्तै रिफर गरेको छ । यसैगरि गोलीको छर्राले जिउभरी चोट लागेको प्रर्दशनकारी दिशा क्षेत्रीको उपचार भइरहेको छ ।

भिडियो लिंक

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*