काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघका कानूनी सल्लाहकार अधिवत्ता तथा पत्रकार बिष्णु गिरी निश्चलले दक्षिण कोरियाका लागि कार्यबहाक नेपाली राजदुत पुस्प राज भट्टराईसँग भेटवार्ता गरेका छन् । नेपाली दुतावासमा सोमबार भएको भेटमा ईपीएस मार्फत कोरिया आएका कामदारको अवस्थाको बारेमा छलफल भएको थियो ।
भेटमा कोरियामा ईपीएस मार्फत आएका नेपालीहरुको कुनै पनि समस्या नरहेको र कोरियामा समाधान नहुने कुनै समस्या नरहेको भेटमा कार्यबहाक राजदुत भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार नेपालीहरुको ब्यत्तिगत समस्या मात्र रहेको नीतिगत रुपमा कुनै प्रकारको समस्या नेपालीहरुमा आए त्यसको लागि राजदुतावासले काम गरिरहको बताए । नेपालीहरुको लागि बैदेशिक रोजगारीको लागि कोरिया विश्व कै १ नम्बरको गन्तब्य भएको भट्टराईले जानकारी दिए ।
भेटमा सहभागि नेपाली दुतावासकी काउन्सीलर चन्द्राकला वलीले ईपीएस ४० हजार नेपालीहरु कोरिया आएको र त्यसमा ३ हजार महिला श्रमिकहरु पनि कोरिया आएको जानकारी दिईन ।
उनका अनुसार हुण्डी कारोबारलाई निमुल गर्न बितिय साक्षरता अभियान दुतावासले संञ्चालन गरिरहेको जाकारी दिदै नेपालीहरुलाई जस्तो सुकै समस्ष परे पनि दुतावासले सहयोग गरेको बताईन । सो अवसरमा दुतावासका अन्य कर्मचारीहरुसँग पनि छलफल भएको थियो ।
भेटमा नेपाली ब्यबसायी रोक्का बहादुर तामाङको समेत सहभागिता रहको थियो । बैशाख १९ गते कोरिया आईपुगेका पत्रकार बिष्णु निश्चल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य समेत हुन् ।
अधिवत्ता गिरीले एन.आर ए.एन कोरियाका प्रतिनिधीहरु भेटगरी कोरियामा रहेका नेपालीहरुको अवस्थाको बारेमा छलफल गरेका छन् । अधिवत्ता गिरीले इपिएस मार्फत कोरिया पुगेका नेपालीहरुले काम गर्ने कम्पनी तथा कृषि फर्महरुको अवलोकन समेत गर्नेछन् ।
अधिवत्ता गिरीले कोरियाली उपभोत्ता संघले आयोजना गर्ने कार्यक्रममा सोमबार सहभागी हुने छन् ।
Leave a Reply