जेठ ५, काठमाण्डौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूत निकोला पोल्लिटबीच शिष्टाचार भेट भएको छ ।
शुक्रबार बिहान मन्त्रालयमा नै राजदुत पोल्लिटसंट भेटबार्ता भएको मन्त्री किरातीले बताउनु भयो ।
मन्त्री किरातीले भूर्पू गोर्खा सैनिक अर्थात बेलायतको मातहातबाट भर्ना गरिएका बेलायत सिङ्गापुर, ब्रुनाइमा कार्यरत गोर्खाली अर्थात लाहुरे (नेपाली)हरू ठूलो विभेदमा परेको समस्या दुई देश बिचको सवाल भएको हुनाले स्थायी समाधानका लागि यथाशिघ्र पहल गर्ने समझदारी भएको बताउनु भयो । मन्त्री किराती स्वयम् भूपू गोर्खा सैनिकका सन्तान समेत हुन ।
गोर्खा भर्ती अर्थात बेलायती सेनाबारे सन १९४७ मा भएको नेपाल, बेलायत र भारतबीचको त्रिपक्षिय सन्धि असमान र विभेदकारी भएको भन्दै आम गोर्खाज ( बेलायतको मातहातमा भर्ती भएर बेलायत, सिङ्गापुर, हङकङ, मलेसिय तथा ब्रुनाइ हाल कार्यरत तथा पूर्व सेना तथा उनका परिवारहरू) लामो समयदेखि आन्दोलनरतछन ।
अन्दोलनकै क्रममा बिक्रम सम्बत २०७४ साल जेठ २६ गते विगेसो (ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन)का सभापति पदमसुन्दर लिम्बुले विगेसोको कानुनी सल्लाहकार अधिक्ता फडिन्द्र कार्कीले सहायतामा सर्वोच्च अदालत रिट दायर गरेको थिए ।
लामो समयदेखि विचारधीनमा रहेको मृद्धामा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले २०७९ माघ २४ गते नेपाल सरकार तथा सरोकार पक्षको नाममा निर्र्देशनात्मक आदेश जारी गरेको थियो ।
संवैधानिक इजलाशले सन १९४७ मा भएको त्रिपक्षिय (नेपाल, बेलायत र भारत) सन्धि समय सान्दर्भिक नभएको भन्दै नेपाल सरकार तथा सम्बन्धित पक्षको नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेसङ्गै गार्खाली माथि भएको विभेदलाई सम्बोधन गर्न बेलायत सरकार लचिलो भएको सभापति लिम्बुले बताउनु भयो ।
सर्वोच्चको निर्देशनात्मक आदेशसङ्गै भूपूगोर्खाजमा नया जोस र जाँगर आएको र बेलायतमा रहेका आम गोर्खाजमा कौतुहलता बढेको तथा सबै जनाले बेलायतमा नै आएर यस बारे विस्तृत जानकारी गराउनुपर्ने माग राखेपछि सभापति लिम्बु हाल बेलायत पुगेकाछन ।
२०८० बैशाख २२ गते (मे ५, २०२३) बेलायत प्रस्थान गरेको सभापति लिम्बु बैशाख ३१ गते (मे १४) अल्डरशटमा आयोजित जानकारीमूलक कार्यक्रममा जनसभागी बृहत भएको र अन्य ठाउहरूबाट समेत जानकारी सभा कार्यक्रमको तिब्र माग भएकोले गोर्खाजको माग आकांक्ष अनुरुप कार्यक्रमहरू बेलायतको विभिन्न शहरहरूमा आयोजना गरिएको सभापति लिम्बुले टोलिफोन सम्पर्कमा बताउनु भयो ।
दिनहुजसो गोर्खाजसंग अनौपचारिक भेटघाट तथा छलफल गर्दा पनि यति मात्रै नुहने भन्दै उहाहरू आफै उत्साहित भएर बृहत कायृक्रमको आयोजना गरेका सभापति लिम्बु बताउनु भयो ।
जानकारी सभा कार्यक्रम मे २० मा फल्कस्टोन र अर्को हप्ता अक्फोर्डको लागि पूर्ण तयारी भइसकेको समेत बताउनु भयो ।
Leave a Reply