स्कार्पियो सुनकोशीमा खस्दा २ सहसचिव सहित एक विद्युत प्राविधिक वेपत्ता

जेठ १९, काठमाण्डौँ ।

काठमाण्डौँबाट खोटाङतर्फ जाँदैगरेको भत्तपुर सिटिभिटी कार्यालयको  स्कार्पियो गाडी सुनकोशी नदिमा खस्दा गाडीमा सवार ३ जना बेपत्ता भएकाछन ।

सिन्धुली गोलन्जोर गाउपालिका वडा नं ७ लौकुन नभघाट स्थित मध्यपहाडी राजमार्गमा शुक्रबार विहान ११:00 बजेतिर भएको दुर्घटनामा चालक चहित ४ जना सवार गाडी अनियन्त्रीत भइ कोशीमा खस्दा गाडीमा सवार ३ जना बेपत्ता भएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्र.३-०१-००२ झ ४९८५ नं को स्कार्पियोको चालक कृष्ण चौधरी पौडिएर निस्केपनि नदिमा गाडी डुब्दा अन्य सवार डुबेको हुन । गाडीमा सवार दुई जना सहसचिव र एकजना विद्युत प्रशिक्षक रहेको बताइएकोछ ।

बेपत्ता भएकाहरू
१. तनहु जिल्ला भानु नगरपालिका वडा नं. ९ स्थायी ठेगाना भएको बस्ने वर्ष ५७ को सहसचिव कृष्ण वहादुर के.सी. (प्रशासन शाखाको निर्देशक)

२. पूर्वीनवलपरासी जिल्ला प्रगती नगरपालिका वडा नं.७ बस्ने वर्ष ५६ को यम प्रसाद घुर्तेल (योजना महाशाखाको निर्देशक)

३. ईलाम जिल्ला फुयतया नगरपालिका वडा नंं. ५ बस्ने वर्ष ३० को भानु पौडेल (विद्युत प्रशिक्षक)

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*