पहिचान पक्षधरको आन्दोलनको कारण माओवादी केन्द्र पार्टी बाहिरियो

पहिचान पक्षधरले कोशी प्रदेश खारेजी माग सहितको आन्दोलन चर्कोदै गएपछि माओवादी केन्द्र पार्टी सरकारबाट बाहिरिएको छ ।

पहिचानको पक्षमा नामाङ्करण हुनुपर्ने बहस गर्दै आएको माओवादी केन्द्र गत महिनामा भएको प्रदेश नामाङ्ककरणको भोटिङमा आफ्नो मतले नतिजा नल्याउने भएपछि बहुमत अर्थात कोशी प्रदेशकै पक्षमा मत दिएको थियो ।

लामो समयदेखि विवादित प्रदेश १ को नाम गत २०७९ फाल्गुन १७ गते बुधबार राती नाटकीय तबरले प्रदेश सभाले एक्कासी कोशी प्रदेश पारित गरेलगतै पुनःनामाङ्ककरणको आन्दोलन मात्रै चर्केको छैन ।

शान्तिपूर्ण आन्दोलनमा घाइते भएको लाजेहाङ लिम्बुले सतगति नै प्राप्त गरेकाछन भने दिनहुँ जसो सयौँ प्रदर्शनकारी र सुरक्षाकर्मीहरू सक्त घाइते हुदै आएकाछन ।

गत चैत्र ५ गते विराटनगरको आन्दोलनमा सहभागी लाजेहाङलाई सुरक्षाकर्मीले प्रहार गरेको लठ्ठिले गम्भिर घाइते भएका लाजेहाङको चैत्र १० गते उपचारको क्रममा मृत्यू भएको थियो ।

पुननामाङ्करणको विषयमा अन्य सबै दल केही ललिचो देखिपनि नेकपा एमाले भने हालसम्म टसकोमस भएकोछैन ।

जनता समाजवादी पार्टी (जसपा) यस भन्दा अगाडि अर्थात जेठ १७ गते नै सरकारबाट बाहिरी सकेको छ । स्वस्थ्य मन्त्री निर्माला लिम्बुको राजिनामासङ्गै सरकारबाट बाहिरगमनले झस्काएको एमालेको नेतृत्व सरकार माओवादी केन्द पार्टीको असर्मथनसङ्गै ढलिसकेको छ ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*