असार ९, काठमाण्डौँ ।
सामाजिक सञ्जालमा चिनजान भएर विवाह भएको बेहुली पुरुष नै भएको थाहा भएपछि एक बेहुला पिडित बनेको छ ।
बैदेशिक रोजगारमा मलेसियमा पुगेका बेलका नगरपालिका वडा नं ६, उदयपुरको नम्बर राई नेपाल फर्के र राम्रोसंग घरजम गर्ने सपना लिएर फर्केका राईको विवाह गरेको दुलही केटा नै भएको थाहा भएपछि उनको सपना चकनाचुर भएकोछ ।
सामाजिक सञ्जाल फेसबुक आइडीमा शर्मिला राई नामक फेक आइडी मार्फत नम्बर राईसंगको चिनजानी भएपछि विवाह गर्नेसम्मको टुङ्गो भएपछि राईले कही रकम समेत मलेसियबाट रेमिटेन्स मार्फत पठाएको खुलेको छ ।
मलेसियबाट गत २०७९ मंसिरमा नेपाल फर्केका राईको सोही युवती राईसंग माघ महिनामा विवाह भयो ।
विवाह पश्चात शर्मिला राई भनिएको युवती नम्बर राईसंग बस्न तथा शारिरिक सम्बन्ध राख्न नमानेपछि घरायसी झगडामा नम्बर राईले उजुर गरेर छलफलबाट वडा कार्यालयमा मेलमिलाप हुन नसकेपछि सो झगडा नगर पालिका हुँदै जिल्ला प्रहरी कार्यालयमा पुगेपछि बेहुली भनिएको व्यक्ति भोजपुरको रामप्रसाद राई गाउ पालिका वडा नं ८ स्थायीवासी राजु राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताउनु भयो ।
झुक्काएर नम्बर राईसँग विवाह गर्ने व्यक्ति लैङ्गिक अल्पसंख्यक रहेको र लैङ्गिक अल्पसंख्यक सम्बन्धि कुनै कानुन नरहेको तथा ठगी केसमा कुनै उजुरी नपरेकोले निज राईलाई आफन्तको जिम्म लगाइएका उपरीक्षक फुयालले बताउनु भयो ।
Leave a Reply