आरजु र सिटौलालाई पक्रन गृहको निर्देशन

असार १०, काठमाण्डौँ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका विभिन्न देशमा लैजाने प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एंव नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ पर्ने भएकाछन ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई शुक्रबार गृहमन्त्री श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।

शुक्रबार साँझ नै गृहमन्त्री श्रेष्ठले अतिरिक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई निर्देशन दिएपनि राजनितिक उच्च संरक्षणको कारण हालसम्म पक्राउ गरेकोछैन ।

पक्राउ परेका आरोपितहरूले बयानका क्रममा नाम लिएका र कुनै न कुनै रूपमा संलग्नता देखिएकाहरू तथा छानबिनको दायरामा नआएकाहरूको हकमा पनि अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने क्रममा अनुसन्धान अघि बढाउने निर्णय गरेको थियो ।

आरोपितहरूले डा. आरजुको साथै पूर्वगृमन्त्री बालकृष्ण खाँडकी पत्नी मन्जु खाँडको पनि नाम लिएका थिए । उनीहरूले पैसा उठाएको भनेर अडियोसमेत सार्वजनिक भएको थियो ।

त्यसको सत्यताको बारेमा परीक्षण गर्न डा. आरजुले प्रहरीमा उजुरी पनि दिएकी थिइन् । उक्त अडियो बारे कुनै आधिकारिक तथ्य सार्वजानिक भएकोछैन ।

अडियो सार्वजनिक तथा पक्राउ परेको आरोपितहरूले नाम लिएका डा.आरजु, मन्जु खाँडलाई राजनितिक संरक्षण भएको भन्दै अनुसन्धानको दायरमा ल्याउन चर्को विरोध भइरहेको थियो ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*