काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान

काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान परापूर्वकालमा चाबहिलदेखि पशुपतिनाथ क्षेत्रलाई बुद्ध विहार भनिन्थे । बौद्ध धर्मावलम्बी बाट दैनिक नित्य पूजा हुन्थे ।

बौद्ध योगी नरोपा र तिलोपाले ध्यान गरेको गुफा अहिले पनि सुरक्षित भेटिन्छ । पशुपति मन्दिर भित्र र पशुपतिनाथ क्षेत्रमा एघारौँ शताब्दीका प्राचीन पुरातात्त्विक शिलाका बौद्ध स्तुपा र बुद्ध मूर्तिहरू थिए ।

१२ औँ शताब्दीमा तत्कालीन मल्लाराजाले भारतका शङ्कराचार्यका शिष्यलाई नेपालमा बोलाएर पशुपतिनाथमा भएका बौद्ध चैत्य र मूर्तिहरू सबै फालेर बौद्ध भिक्षु हरुलाई हटाएर भारतीय ब्राहमण भट्ट पुजारी राखेर हिन्दुकरण गरेका थिए ।

यो देशका मुलवासी मंगोल थारु समुदाय बाट आउने महामानव सिदाहा बुद्ध हिन्दु होइनन बाहुन कुलका पनि होइनन र यहाँका बाहुन समुदायका हरुले बुद्ध दर्शन ग्रहण गर्न पनि सक्दैनन् गरेपनि त्यो केवल देखावटी हो किन कि ठ्याक्कै बुद्ध दर्शन विपरीत हिन्दु धर्म हो कोही बाहुन समुदायका हरु आउँछन् र म हिन्दु हुँ तर बुद्ध लाई पनि मान्छु भन्छ भने त्यो दुई जिब्रे मा गनिन्छ तर उसले बुद्ध लाई अपमान गरेको ठहरिन्छ ।

पशुपतिनाथ क्षेत्रमा बाहुन समुदायकाले बुद्ध माथि गरेका जघन्य अपराध यस प्रकार छन्।

(१) १२ औं शताब्दीको बुद्ध मूर्तिमा एमसेल लगाएर हनुमान बनाएर बुद्धलाई हिन्दुकरण गरिएको छ !

(२) पशुपतिनाथको पूर्व विश्व विराट मन्दिर नजिकको जंगलमा रहेको १२ औँ शताब्दीको ढुङ्गाको बौद्ध चैत्यको शिर भांचेर शिवलिङ्ग जस्तो बनाएको छ । पहिरोमा जाने असुरक्षित स्थानमा राखेको छ !

(३) पवित्र बुद्धचक्रलाई पर्यटक टिकट काउन्टर नजिक सबैको खुट्टाले कुल्चिने गरी बिच सडकमा राखिएको छ !

(४) पशुपतिनाथको दक्षिण तर्फ भक्तजनहरूले जुत्ता खोल्ने र ट्वाइलेट अगाडी बौद्ध चैत्यलाई खाल्डो भित्र गाडेर राखेको छ र त्यहा पशु बलि दिएको छ !

(५) बौद्ध चैत्यलाई हटाएर शङ्कराचार्यको मूर्ति राखेको छ । बौद्ध चैत्यको शिरलाई भांचेर शिवलिङ् जस्तो बनाएर राखिएको छ !

(६) बौद्ध भिक्षु नरोपा र तिलोपाले ध्यान साधना गर्नुभएको गुफामा शिवलिङ्ग राखेर हिन्दुकरण गरिएको छ ।

(७) गुह्येश्वरी तर्फ जाने बाटोको छेउको मन्दिरको पछाडि बुद्ध मुर्ति लाई ढोका पछाडी लुकाएर राखेको छ । बाटोको दायाँ र बायाँ तर्फ भेटिएका बुद्ध धर्मका विभिन्न देवी देवताको मूर्तिहरूको अनुहार ताछेर नचिन्ने बनाएको र मुर्तीका हात खुट्टाहरू भांचेका छन् !

(८) वासुकि नाग मन्दिरको उत्तर तर्फको पर्खालमा धर्मचक्र र त्यस क्षेत्रमा पञ्चबद्धको मूर्ति लुकाएको आशंक गरिएको छ !

(९) जय बागेश्वरी मन्दिरमा खुट्टाले टेक्ने ठाउँमा बुद्धचक्र राखेको छ !

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*