ललित निवास प्रकरण पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथी पनि आरोप

काठमाडौं –  ललितानिवास प्रकरण नेपालको सबैभन्दा ठुलो भ्रष्टाचार प्रकरण मध्य एक हो । यसमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल , पुर्व मन्त्री, अख्तियारका पुर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालमा बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।  

तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले अनुसन्धान सकेर गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनको कार्यान्यवन शुरु भएको छ ।   

ललिता निवासको ११२ रोपनी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी आज पक्राउ परेका छन् ।   

ब्यूरोले अनुसन्धान सकेर तत्कालीन प्रहरी महानिरीक्षक खनालले गृहमन्त्रालयमा बुझाएको प्रतिबेदनमा १ सय बढीलाई मुद्दा चलाउन राय दिएका थिए । सर्वेन्द्र खनाल अवकाश भएपछि ललिता निवास प्रकरणको छानविन प्रतिबेदन थन्क्याएर राखिएको थियो ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएपछि सार्वजनिक मंचहरुमा खनालले ललितानिवास प्रकरण छानबिन रोकिएको प्रती आक्रोश पोखेका थिए, उक्त प्रकरण छानबिनको लागि जोडदार माग गरेका थिए । 

युवा नेता रवि किरण हमालले प्रहरी हेर्डक्वाटरमा ललितानिवास प्रकरणमा भएको छानबिन प्रतिवेदन माग गरेका थिए जसले पनि प्रहरी माथि दबाब सिर्जना भयो । 

प्रहरी अनुसन्धान  व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ । प्रहरीले हिम्मत गरेर राजनैतिक दबाब र प्रभावमा नपरे यो प्रकरणमा उच्च राजनैतिक तहदेखि उच्च प्रसासकहरु गरी एक सय भन्दा बढीलाई मुद्धा चल्ने निश्चित छ । 

ललितानिवास प्रकरणमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालको समेत नाम मुछिएको थियो , आफू माथी कार्वाही हुने डरले बाबुराम भट्टराईले सामाजिक संजालमा  

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*