प्रहरीको गोली लागेको विरेन्द्र आमरण अन्सनमा

असार २३, काठमाण्डौँ ।

काठ तस्करी र नेपाल प्रहरीविचको भिडन्तमा नेपाल प्रहरीलाई ज्यान जोगाउन गाह्रो भएपछि गाउलेसंग गुहार मागे ।
नेपाल प्रहरीको ज्यान जोखिममा परेपछि गाउले सबै मिलेर प्रहरीलाई बचाउन गएका गालेमाथि माथि प्रहरीले अन्नधुन्न गोली चलाउदा जानकी गाउपालिका वडा न ८, कैलालीको २६ वर्षीय विरेन्द जैसीलाई पेटमा गोली लागेपछि उनी सक्त घाइते मात्रै भएनन उनको जिवन नै तहसनस भएको छ ।

आमरन अन्सनमा बसेको विरेन्द्र जैसीको साथ आफन्तजन

सरकारी कार्यालय धाउदा धाउदा दिक्दारी भएको जैसी गत असार १ गतेदेखि उपचार खर्च तथा क्षेतिपूर्तिको माग सहित आमरण अन्सन बसेका हुन ।


पेटमा लागेको गोलीले सक्त घाइते जैसी कैलालीमा उपचार हुन नसकेपछि २०७३ सालबाट नै काठमाण्डौँ शिक्षण अस्पतालमा उपचार गराइरहेको व्यक्तिगत ऋण लिएर उपचार गराइरहेको छ ।

उपचारको क्रममा लाखौँ रकम खर्च भएको तर सरकारले हालसम्म १ लाख ९१ हजार मात्रै व्यहोरेले राज्यले तत्कालै घटनाको जिम्मा लिइ उपचारमा लागेको सबै खर्च राज्यले नै व्यहोर्नुपर्ने, उचित क्षतिपूर्ति पाउनुपर्ने, भरण पोषण लगायतको जागरि पाउनु पर्ने माग सहित घाइते जैसी आमरण अन्सनमा बसेर स्वस्थ्यमा जटिल समस्यदेखिपछि हाल नेपाल प्रहरी अस्पताल महाराजगन्जले भर्ना लिइ सघन कक्ष (आइसीयू)मा उपचार गराइरहँदा पनि घाइते जैसी आमरण अनसन निरन्तर जारी राखेकोछ ।

आम नागरिकको शान्ति सुरक्षा र आमनचयनको सुव्यवस्थित गर्नुपर्ने दायित्व बोकेको राज्यले सुरक्षाकर्मीले नै चलाएको गोलीबाट सक्त घाइते भएको जैसीलाई जम्मा १ लाख ९१ हजार खर्च व्यहोरेर घाइते जैसीलाई व्यवस्ता गर्नु आम नागरिक माथिकै अपमान भएको बताउनु हुन्छ अधिवक्ता फडिन्द्र कार्की ।

अधिवक्ता फडिन्द्र कार्की

सरकारसंग बार्ता चलिरहेपनि घाइते जैसीबारे खासै उपलब्धीमूलक पहल राज्यबाट नभएको अधिवक्ता कार्कीले बताउनु भयो ।

जैसीको पक्षबाट समन्वय गरिरहेको अधिवक्ता कार्की व्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)को कानुनी सल्लाहकार संयोजक समेत हुन ।


ब्रिटिश भर्तीबारे त्रिपक्षिय महासन्धि (भारत र बेलायत लगायत, हङकङ, ब्रनाइ, सिङ्गापुर मुलुकमा कार्यरत नेपाली भूपू तथा बहालवाला नेपाली नागरिक बारे) असमान भएको भन्दै खरेजीको मागको बहस गरेका रिटमा सर्वोच्च अदालतले सरकार तथा सम्बन्धित निकायको नाममा निर्देशनात्कम आदेशको फैसला गरेसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा अधिवक्ता कार्कीको छवि वजनदार बनेको छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*