असार २७, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नि सीता दाहालको निधन भएको छ ।
उपाचारको क्रममा दाहालको नर्भिक अस्पतालमा निधन भएको हो । उनको आज बिहान करिब साढे ८ बजे निधन भएको अस्पताले स्रोतले जनाएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । पत्नि दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग (प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।) बाट पीडित दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।
Leave a Reply