१९ औँ शताब्दीताका दक्षिण भारतको केरला राज्यमा अनौठो नियम थियो । त्यहाँका दलित महिलाहरूले आफ्नो छाती ढाकेर हिंड्न समेत पाउदैनथे ।
यदी उनिहरूले आफ्नो छाती र स्तनहरू ढाक्ने हो भने शासकलाई धेरै कर तिर्नुपर्दथ्यो । त्यती मात्र होइन ठूला स्तन हुनेले धेरै पैसा तिर्नुपर्दथ्यो भने साना हुनेले अली कम तिरे पनि पुग्दथ्यो । धन हुने स्त्रीहरूले त कर नै तिरेर पनि आफ्नो लाज ढाकेर हिड्दथे भने जो गरीब हुन्थे उनिहरूले लज्जित हुँदै छाती देखाएर हिंड्नुपर्दथ्यो ।
यस्तैमा एक गरीब परिवार थियो, जहाँ थिइन- नङ्गेली । शासकले दलित महिलामाथि गरेको यो ज्यादती,उनलाई सह्य भएन । उनले बिद्रोह स्वरुप आफ्नो छाती ढाकेर हिंड्न थालिन,खबर थाहा पाउने बित्तिकै उनिसँग मोटो कर असुल्न कर्मचारीहरू उनको घर आइपुगे ।
राज्यलाई बुझाउन पुग्ने उनिसँग त्यतिधेरै धन थिएन, त्यसैले उनी घर भित्र गइन, धारिलो हँसियाले आफ्ना दुबै स्तनहरू काटिन, ती स्तनलाई पातमा राख्दै भनिन-“मसँग यी स्तन ढाकेर हिंड्नका लागि तिर्ने पैसा छैन, बादलामा तिमीहरू यी स्तनहरू नै लगेर आफ्नो शासकलाई देऊ ।”
यति भनेर नङ्गेली भुइँमा ढलिन, छातीबाट अत्यधिक रक्तस्राब हुनाले उनले केहीबेरमा त्यही आफ्नो प्राण त्यागिन । यो घटनाबाट यती ठूलो बिद्रोह जन्मियो कि, वाध्य भएर तत्कालिन शासक वर्गद्वारा दलित महिलामाथि लादिएको अन्यायपूर्ण कानुन हटाउनु पर्यो ।
आज पनि दक्षिण भारतमा नङ्गेलीलाई बिद्रोहकी प्रतिमूर्तीका रुपमा पूजा गरिन्छ । आज जुन समाजमा हामी बस्न पाएका छौँ, पक्कै पनि यो व्यवस्थाका लागि धेरैले जेल,नेल र प्राण उत्सर्ग गर्नुपरेको छ र अझ राम्रो भविश्यका लागि अझ कती धेरैले सकारात्मक बिद्रोह गर्न बाँकी छ ।
Leave a Reply