कमला आङदेम्बेको शब्द सङ्गीत तथा लोकप्रिय गायिका मनु नेम्बाङ स्वरमा रेकर्डिङ भएको गीतको भिडियो अन्तिम चरणमा रहेको चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले बताउनु भयो ।
बैदेशीक रोजगारीको क्रममा इराकमा पुगेका नेपालीलाई आतंककारीले नियन्त्रणमा लिइ हत्या गरेको जस्तो विछिप्त पललाई स्मरण गर्दै रचनाकार कमला आङ्देम्बेले लेखेको गीतमा लिम्बु समुदायकी मुटुको ढुकढुकी गायिका मनु नेम्बाङले स्वर भरेर जिवन्त बनाएको गीतको भिडियो निर्देशन चन्द्र वाम्बुलेको रहेको छ भने सहायक प्रेम वाम्बुलेको रहेको छ ।
अडियो रेकर्डिङ तथा भिडियो निर्माण एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो, लगनखेल (९८४१ ५१९७३७, ९८५१० ९७९२९) को रहेको छ ।
Leave a Reply