राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि

भाद्र १०, काठमाण्डौँ ।

संघीय संसदको समितिहरू माध्ये शक्तिशाली मानिने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा संघीय संसद रामहरि खतिवडा सर्वसहमतले चयन भएकोछन । मानेभञ्ज्याङ गाउपालिका वडा नं ६, थाक्लेमा जान्मिएको संसद खतिवडा नेपाल कांग्रेसको प्रभावशाली नेता हुन ।

गत २०७९ साल मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिभि सभा निर्वाचनमा नेकपा एमालेका नेता तथा प्रत्यासी उम्मेद्धार यज्ञराज सुनुवारसंग कडा प्रतिस्पर्धागरि ७ हजार मतान्तरले विजेता बनेका सभापति खतिवडा गृह जिल्ला समेत जिल्ला तथा स्थानीय तहमा पनि राम्रै पकड भएका नेता हुन ।

विद्यार्थीकालबाट नै राजनितिमा होमिएका सभापति खतिवडा जीवनभर जनताको सेवामा समर्पित हुने बताउनु हुन्छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले कानुन निर्माण गर्नुका अतिरिक्त सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापना लगायत विभिन्नस गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिने निकायको रुपमा व्यवस्था भएको समिति हो ।

प्रतिनिधि सभामा संसदीय सुनुवाई समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरि जम्मा १० वटा समिति रहेकोछ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*