सुत्केरी बोकेको गाडी रोकेपछि सिँहदरबार जलाउने बालेनको धम्की

भदौ १७, काठमाण्डौँ ।

काठमाण्डौ महानगरपालिकाको मेयर बालेन साहको पत्नि श्रीमति सविना काफ्ले सुत्केरी भएर अस्पताल आवतजावतको क्रममा एम्बुलेन्सको रुपमा प्रयोग गरिएको महानगर पालिको सवारीलाई विदाको दिन विना अनुमति सरकारी गाडी चलाएको भन्दै ट्राफिक प्रहरीले रोकेपछि आक्रोशमा आएर फेसबुकमा पोष्ट मेयर साहको स्टाटसले सामाजिक सञ्जाल तताएकोछ ।

शनिबार विदाको दिन महानगरपालिको गाडी विना पास सडकमा गुडेपछि चेकजाचको क्रममा ट्राफिक प्रहरीले केहीबेर रोको थियो । एम्बुलेन्सको रुपमा सुत्केरीलाई अस्पताल पु¥याउने र फर्काउन प्रयोग गर्दा प्रहरीले पास खै भनेर रोक्न खोजेपछि विवाद चर्किएको मेयर साहको निकट स्रोतबाट जानकारी प्राप्त भएको छ । सोही आक्रशामा मेयर साहले ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , ‘सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भनेर शनिबार राती एक स्टाटस पोष्ट गरेपछि सो स्टाटस सामाजिक सञ्चालनमा भाइरल भइरहेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गरेको महानगरपालिकाको गाडी साझ ८ः५० मा कोटेश्वरमा नियमित चेकजाँचमा पास नपाएपछि सोधपुछको क्रममा विवाद भएको बताएकोछ । चेकजाचको क्रममा चालकको लाइसन्स हेरेर आइन्द विदाको दिन पास लिएर चलाउनु भनि सचेत गराएर छोडेको ट्राफिक प्रहरी कार्यालयकाले बताएकोछ ।

साह परिवार यतिखेर तनाब अबस्थामा भएकोले पनि आक्रमक स्टाटस आएको बताएकोछ । साहको एक हप्ता अगाडि नै जुम्लेहा सन्तान जन्मेको र एक को निधन भएको र एक शिशुको
एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतबाट जानरकारी प्राप्त भएकोछ ।

सुत्केरी काफ्लेको दुई दिनअघि नै डिस्चार्ज भइसकेको बताइएकोछ । बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*