अस्पतालको लापबाहीले ६ वार्षीय बालिकाको निधन

भदौ १९, काठमाण्डौँ ।

कान्ति बाल अस्पतालको लापरवाहीका कारण ६ वर्षीय बालकको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् ।

मकवानपुरको थाहा नगरपालिका– १० बाट अस्पताल उपचारको लागि उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार निधन भएको मृतक बालकका हजुरबुवा कृष्ण गोपालीले बताउनु भयो ।

बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको थियो ।

मृतकका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् ।

अस्पतालमा सोमबार बेलुका ५ बजे ‘इमर्जेन्सी’ लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ ।

बालिका गोपालीलाई उच्च ज्वरो र वान्ता भएकाले अस्पताल पुराएपनि अस्पतालले बेवास्ता गरेकै कारण उनको मृत्यु भयो परिवारजनको दावी छ।

अस्पतलामा अत्याधिक विमारीको भिड भएकोले पालो कुर्दा बालकको ज्यान गएको र यसमा अस्पतालले कुनै हेलच्याक्राइ नगरेको अस्पतालका निर्देशक डा.पङ्कज रायले बताउनु भयो ।

उपचारका लागि लगिएकी बालिका गोपालीको सोमबार आकस्मिक कक्षमै निधन भएको थियो ।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*