गाउ-गाउमा स्वस्थ्य इकाई, मुहार फेर्दै दुर्गम बस्ती

निला राई, एभरेष्ट न्यूज ।

असोज १२, काठमाण्डौँ ।

सदौँदेखि दुर्गम र पिछाडिएको बस्ती खचापू विगत केही वर्षदेखि रुप फेर्दै आएकोछ । वाम्बुले समुदायको मुख्य थातथलो वाम्द्ल अर्थात उबूको तल्लो भेगमा अबस्थित खचापू विगत लामो समयदेखि विकासको पर्खाइमा रहेको थियो ।


खचापू मानेभञ्ज्याङ गाउपालिका वडा नं ३ उबू, ओखलढुङामा पर्ने एउटा प्रतिनिधिमूलक गाउ हो । सिद्धिचरण राजमार्ग र मध्येपहारी लोकमार्गको पायक परेको गाउ बस्ती बाहेका सबै बस्तीको पिडा उही थियो आदिम कालदखि ।

 
तर हाल विद्यालयको लागि नया भवन मात्रै होइन मानिसको स्वस्थ्य उपचार जस्तो सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषयको लागि आधारभूत जाचपास तथा उपचारको लागि स्वथ्य इकाई भवन निर्माण गरि सञ्चालनमा आएको खबरले गाउको मुहार त फेर्यो नै यसले दुर्गम क्षेत्रको एउटा गउको परिचय पनि फेरेकोछ ।

This image has an empty alt attribute; its file name is 03.jpg


दुधकोशी एकद्धार सडककोले खचापू बस्तीलाई केन्द्र बनाएर विस्तार हुँदै गरेको राष्ट्रिय योजनाको सडकको विकाससंगै पुस्तौदेखि दुर्गम जीवन विताइरहेको खचापू तथा होल्माफू, वाइली, लाफे, सालघारी, सिक्कु, सोदु, ध्याप्ती लगायतको गाउलको लागि नै आधारभूत स्वस्थ्य सुविधाको पहुचमा पुराउनेछ ।


स्वस्थ्य इकाईको उपचार सेवा प्रावहले खचापू आसपासको जनजीवन कम्तिमा सिटामोलको लागि घण्टौ टाढा धाउनु पर्ने र सामान्य झाडा पखालाले समेत ज्यान गुमाउनु पर्ने बाध्यताबाट जोगीने र तल्लो भेग अर्थात दुधकोशीको किनारा क्षेत्रमा रहेको स्थानीयबासीहरूलाई लाभ पुग्ने स्थानीय युवा अगुवा इन्द्रजीत राईले बताउनु भयो ।


भवनको समुद्घाटन कार्याक्रम मानेभञ्ज्याङ गाउपालिका उपाध्यक्ष आश्रन राईको प्रमुख अतिथ्या तथा वडा अध्यक्ष जितेन राईको विशेष अतिथिमा सम्पन्न भएको हो ।


वडा अध्यक्ष जितेन राईले पूस्तौँदेखि पिछाडिएको तल्लो भेगको जनताको लागि विकासको केही नया पहलगरि सम्पन्न हुँदा र स्थानीयबासीहरूलाई विकासको अनुभूति गराउनु पाउदा आफू ज्यादै खुशी भएको बताउनु भयो ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*