असोज २६, काठमाण्डौँ ।
‘सहरकारीको लाखौँ रकम हिनामिना गरि दम्पति नै फरार’ शीर्षकमा प्रकाशित समाचारप्रति छकिमाया राईले खण्डन गरेको छ ।
असार २२ गते (२०८०) मा ‘सहरकारीको लाखौँ रकम हिनामिना गरि दम्पति नै फरार’ शीर्षकमा एभरेष्ट टेलिभिजन नेटवर्कको आधिकारीक यूट्यूब च्यानेलबाट सम्प्रेषित समाचारप्रति फरार अभियुक्त रुपान्जित राईको सहोदर दिदी छकीमाया राईले आफ्नो मन्जुरी बिना समाचार तथा फोटो सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएपछि काउन्सिलले एभरेष्ट टेलिभिजनलाई समाचारको गण्डन गर्न ध्यानाकर्षण गराएको हो ।
प्रकाशित समाचारको खण्डन गर्दै काउन्सिलले निज छकि माया राईको भाइ रपान्जित राईको ऋण सम्बन्धीको लेनदेनमा कुनै संलग्नता नरहेको तथा समाचार एक पक्षिय भएको भन्दै एभरेष्ट टेलिभिजनलाई ध्यानाकर्षण गरएकोछ ।
Leave a Reply