माइती-चेलीको सेवा

असोज २९, काठमाण्डौँ ।

माध्यमिक शिक्षा तह सकिने वित्तिकै उच्च शिक्षा अध्ययनको लागि हो वा उच्च शिक्षाको बहानामा देश छोड्ने लहर नै चलेको बेला दन्त चिकित्सक माइतीचेलीले सर्वसाधारण जनताको सेवामा जुटेकोछन ।

भिडियो लिंक


डा. मनिकला राई र डा.पविस राईले नखिपोट स्थिति ललितपुरमा सेवा डेन्टल क्लिनिक उपचार केन्द्रको स्थापना गरि उपचार सेवा समेत सुचारु गरेकाछन ।

डा. पविस राई र डा.मनिकला राईद्धयले सञ्चालन गरेको सेवा डेन्टल क्लिनिकको आज घटस्थापनाको दिन औपचारिक उद्घाटन भएको हो ।
नेपाली समुदायमा दाँतको समस्य अत्याधिक बढेकोले आम सर्वसाधारण नागरिकले पनि सहजै सेवा सुविधा लिन सक्ने गरि सर्वसुलभ मुल्यमा उपचार केन्द्रको स्थापना गरिएको डा. पविस राईले बताउनु भयो ।

हेर्दा सामान्य लागेपनि ९ प्रकारको विशिष्टिकरण रहेको दाँतको उपचार पद्धतिमा मुनाफामूलक व्यापार व्यवसाय भन्दा पनि समुदाय र देशको लागि आफ्नो क्षमता र दक्षताले सकेको योगदान पुराउने हेतुले डेन्टल क्लिनिकको स्थापना गरिएको डा.मनिकला राईले बताउनु भयो ।

बुबा हर्कबहादुर राई र आमा रामकुमारी राईको कोखबाट जन्मिएको डा.मनिकला राई अन्तरी छोरी र कान्छा छोरा डा.पविश राई दिदी भाइ हुन । डा.द्धय मनिला र पविस राई काठमाण्डौँ विश्वविद्यालयबाट दन्त चिकित्सक शिक्षामा स्नातक गरेको हुन ।


आफैले जन्माइ हुर्काएको सन्तानकोहरूले उच्च शिक्षा हासिल गरि देश र जनतालाई सेवा दिन सक्षम बनाउनु र सेवा सुचारुको लागि आफ्नै बाहुलीबाट शुभारम्भको लागि समुद्घाटन गर्न पाउदा अत्यन्तै हार्षित र अभूतपूर्व क्षण भएको बुबा हर्कबहादुर राई र माता रामकुमारी राईले बताउनु भयो ।

लामो समय शिक्षण पेसामा सर्मिपित बुबा हर्कबहादुर राई पछिल्लो समय परिवार नियोजन सेवामा समेत अबद्ध भई आफ्नो सबै सन्तानलाई गुणस्तर शिक्षाको साथ सहि मार्ग देखाउन सफल भएकोमा बुबा हर्क बहादुर राई र आमा रामकुमारी राई भाग्यमानी दम्पति समते भएको कार्याक्रम सञ्चालक विकास राईले बताउनु भयो ।

कार्याक्रममा राष्ट्रगान सर्जक व्याकुल माइला, वाम्बुले भाषाको कोषकार अविनाथ राई, वडा अध्यक्ष अमृत महत, चलचित्र निर्देशक सुचित्र श्रेष्ठ, बरिष्ठ पत्रकार गणेश राई लगायतको उपस्थिति थियो ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*