कार्तिक ८, काठमाण्डौँ ।
कोजागत पूर्णिमा अर्थात २०८० सालको दशैको विदाइसंगै हिलेपानी सोक्माटारमा ब्याकुल माइला गोल्ड कपको भव्यताको साथ उद्घाटन हुने भएको छ ।
ओखलढुङ्गा जिल्लाको मानेञ्ज्याङ गाउ पालिका वडा नं ६ थाक्ले हिलेपानी मध्ये पहाडी लोकमार्ग अन्तर्गत दुधकोशी किनारमा रहेको ब्आलेमु खेलकुद मैदानमा अत्याधुनिक प्रविधि सहित नवौँ संस्करणको ब्याकुल माइला गोल्ड कपको उद्घाटन गरिने आयोजक नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षामान राईले बताउनु भयो ।
यस वर्षबाट केन्द्रीय प्रशारण लाइन तथा नेटको समेत जडान भएकोले प्रविधि सहित अत्याधुनिक तबरले कार्याक्रम उद्घाटन भएपछि निरन्तर रुपमा कार्तिक १८ गतेसम्म खेलजारी रहने समते अध्यक्ष राईले बताउनु भयो ।
जयराम घाट बजारबाट खेलमैदानसम्म प्रभातफरी र हिलेपानी मितेरी भञ्ज्याङबाट सोक्माटारहुँदै खेल मैदान सम्म सास्कृति झाकीको प्रदर्शन लगतै कार्याक्रमको उद्घाटन हुनेछ ।
कपको आयोजना गरिएको हिलेपानी सोक्काटार सर्जक माइलाको जन्म स्थान मात्रै होइन, बाल्यकाल अर्थात आधारभूत तहदेखि माध्यिक तह शिक्षाको अध्ययनको अबधि विताएको स्थान हो ।
कप उनै सर्जक माइलाको सम्मानार्थ २०६८ सालबाट कोभिडको अबधि बाहेक निरन्तर आयोजन हुँदै हो ।
आगमी कार्तिक ११ गतेबाट आयोजना हुने नबौँ संस्करणको लागि प्रथम पुरस्कार २ लाख २,२२ रुपैया सहित सिल, मेडल र प्रमाण पत्र द्धितिया पुरस्कार १लाख १ हजार १ सय ११ रुपैया सहित मेडल र प्रमाण पत्र यसैगरि सेमि फाइन टिमलाई २०,२० हजार रकम प्रदान गरिने बताइएको छ ।
Leave a Reply