भूकम्पबाट १ सय ४० जनाको मृत्यु, १ सय ४३ जना घाइते

कार्तिक १८, एभरेष्ट संवाददाता ।

गए राती भूकम्पमा परी उपमेयर सरिता सिंह सहित १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते हुनेको संख्या १४३ जना पुगेको छ ।

११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । शुरुको भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल रहेको र त्यस पस्चात पटक पटक परम्कम्पा गइरेहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।घाइते भएकोहरूको स्वस्थ्य उपचारहरू जाजरको कोट अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री भूकम्प पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा विहानै स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर जाजरकोटमा पुगेर भूकम्पको अबलोकन तथा उद्धारको लागि सबै पक्षलाई निर्देशन दिएको दिएको छ ।

नेपाल सरकारले ४१ जनाको चिकित्सक सहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विर अस्पताल सहितको टोली पठाएको हो ।
हाल ११ जनाको हेलिकप्टर उद्धारटोली सहित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, स्थानीय सरकार सबै उद्धारमा सकृया रहेको छ ।

भूकम्पा प्रभावितको उचित व्यवस्थापनमा गृह मन्त्रालयमा बैठक बसिरहेको बताइएको छ । स्थानीय प्रतिनिधिले प्रदेश सरकार र संघीय सरकारसंग उचित किसिमको समन्वय नहुँदा उद्धारमा कठिना भएको बताएकोछन ।

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*