व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता

कार्तिक १८, एभरेष्ट संवाददाता ।

व्याकुल माइला गोल्डकपको नवौं संस्करणमा दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको छ ।
कार्तिक १२ गतेबाट ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमुमा आयोजित कपमा दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको हो । विजेता दुधकौशिका टिम कपको सहअयोजक समेत हुन ।

नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको खेलको आठौं दिन शनिबार भएको खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमलाई २ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक टिम विजयी बनेको हो ।

विजयी भएसँगै दुधकौशिकाले २ लाख २ हजार २ सय २२ रुपैयाँ, चाँदीको शिल्ड हातपारेको छ । यसैगरी उपविजेता बनेको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ, मेडल प्राप्त गरेको छ ।

सेमिफाइनल खेलमा मितेरी युवा क्लब–ए र रिभोरुङ युवा क्लब माथिल्लो रिचुवाले २०–२० हजार रुपैयाँ तथा शिल्ड प्राप्त गरेका छन् ।

मानेभन्ज्याङ गाउँपालिकाको सहयोगमा संचालित खेलमा संचालित नवौं संस्करणको कपमा २३ टिम सहभागी थिए ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित २०६८ सालबाट राष्ट्रगानका रचयिता व्याकुल माइलाको जन्मथलो हिलेपानी, सोक्माटारमा गोल्डकप सुचारु छ ।

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*