![PosterForFeature-(1)-1699961286](https://everestnewsnepal.com/wp-content/uploads/2023/11/PosterForFeature-1-1699961286-678x381.jpg)
कार्तिक ३०, काठमाण्डौँ ।
दिपावलीको आगमनसंगै उत्साहजनक ओपनिङको साथ प्रदर्शन भएको चलचित्र दिमाख खराबको शो तत्कालै रोकिने भएको छ ।
चलचित्र निर्माता र प्रदर्शक विचको टकराबको कारण चलचित्र दिमाख खराबको प्रदर्शन रोकिने भएको छ ।
विदेशी चलचित्रहरूलाई बढि स्थान दिएको भन्दै ‘दिमाख खराब’ चलचित्रको निर्देशक निश्चल बस्नेत तथा निर्माता रौनक विक्रम कडेलले प्रेस विज्ञाप्ति जारी गर्दै चलचित्रको प्रदर्शन रोकिएको जानकारी गराएको हुन ।
आम नेपाली दर्शक समक्ष माफी माग्दै जबसम्म नेपाली र विदेशी चलचित्रको शो बराबरी हुँदैन तबसम्म चलचित्र दिमाख खराबको प्रदर्शन रोक्ने चलचित्र निर्देशक निस्चल बस्नेतले बताउनु भयो ।
केही गरि समस्याको समाधान नभएमा अन्य कुनै माध्यमबाट सिनेमाको प्रदर्शन गरिने चलचित्र निर्माता रौनक कडेलेले बताउनु भयो ।
![](https://everesthd.tv/wp-content/uploads/2023/11/CINEMA.jpg)
Leave a Reply