टेभिभिजनको इतिहास

An old TV with a monochrome kinescope on wooden table. 3d

मंसिर ५, काठमाण्डौँ ।

हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।

२०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । तर विश्वमा सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा स्थापित छ ।

टेलिभिजन शुरुवात सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भएको थियो । विश्वका धेरै देशमा ब्ल्याक इन हवाइट टेलिभिजन शुरुवात भयो । तर नेपालमा ब्ल्याक इन हवाइट नभएर सिधै रंगीन टेलिभिजनको शुरुवात भयो । नेपालमा सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ ।

नेपालमा नयाँ प्रविधि भएकाले दर्शक आकर्षण गर्ने कार्यक्रमहरु नभए पनि दर्शकहरु माझ टेलिभिजन लोकप्रिय थिए । तर पछिल्लो समय टेलिभिजनको प्रभावकारीता नहुँदा दर्शकहरु माझ लोकप्रियता घट्दै गएको पाइन्छ ।

नेपाली दर्शकहरु पछिल्लो समय लोकप्रिय कार्यक्रम र भारतीय मेगा रिसेलहरु हेर्न थालेका छन् । 

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*