कलाकार पौडेललाई छुरी प्रहार, फोक्सोमा पर्यो प्वाल

मंसिर २८, एभरेष्ट टेलिभिजन ।

देशको स्थिति विकराल बन्दै जाँदा बैदेशिक रोजगारीमा विदेशीने नेपालीको संख्या अचाक्लि बढेसंगै जोखिमापर्ने पनि उतिकै बढेको छ ।

हमास र इजराइलको युद्धको चरम भूमरीमा हताहत, सक्त घाइते भएको नेपालीहरू बेरोजगारकै कारण जानजान रुस–युक्रेन युद्धमा समेत होमिन बाध्यछन ।


युद्ध भूमि र टाढाको मुलुकमा मात्रै होइन छिमेकी मुलुक भारतदेखि खाडी मुलुकमा समेत उत्तिकै मात्रैमा जोखिममा परेकाछन नेपाली श्रमिकहरू ।


भारतको गुजरात राज्यको कडोद्रा मरुतीमा धादिङको रामेश्वर पौडल डाकुहरूको आक्रमणकबाट सक्त घाइते भएकाछन ।
गत सोमबार राती १०ः३० बजे कडोद्रा मारुतीमा खाना खाएर राजहंस टेक्स फर्मको पी नाइन फ्याब कम्पनीमा डिउटीको लागि जाँदा बाटोमा ४ जनाको अपरिचित डाकुहरूको समुहले आक्रमण गर्दा डाकुहरूले प्रहार गरेको चक्कुले सक्त घाइते भएको पौड्लयको कडोद्रा मोदी अस्पताल गुजरातमा उपचार भइरहेको साही कम्पनीमा कार्यरत सिन्धु पाल्चोको हरी श्रेष्ठले बताउनु भयो ।


पौडेलको पछाडीबाट रोपेको छुरीले फोक्सोमा प्वल परेको कारण श्वासप्रशासमा समेत असर भएकोले घाइतेको अबस्था गम्भिररहेको उपचारमा संलग्न डा.दिवेस शाहले जानकारी गराएको विरगञ्जाको धनिलाल पटेलले बताउनु भयो ।


कम्पनी र खाना खाने स्थान नजिकै भएको र हालसम्म यस्तो अप्रिय घटनाहालसम्म नघटेकोले पौडेल एक्लै हिड्दै गएको पौडेलको सहोदर भतिज जिवन पौडेलले बताउनु भयो ।


उदय पौडेल नामले नेपाली लोकदोहोरीको म्यूजिक भिडियोमा मोडल तथा निर्देशनमा समेत एकताका निकै चर्चा पाएको पौडेल कोभिड तथा आर्थिक मन्दीको कारण नेपाली गीतसंङ्गीत तथा मोडलिङको बजार सुस्ताएसङ्गै कलाकार पौडेल आफ्नो पुरानो पेशामा फर्किएको हुन ।


उनी वटार जेट उइभिङ लुम अर्थात कपडा बुन्ने मेसिनको मर्मत संभार तथा सञ्चालक समेत हुन ।
काठमाण्डौ तथा धादिङको गल्छिमा नै लामो समय लुम सञ्चालनमा अबद्ध पौडेल आर्थिक मन्दीको कारण नेपालको कारखाना बन्दहुदै गएपछि केही महिना अगाडी रोजगारीको लागि भारतको गुजरात पुगेको हुन ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*