मंसिर ९, काठमाण्डौँ ।
बिपी राजमार्गको सिन्धुलीमा यात्रुबहाक बसले मोटर साइकललाई ठक्कर दिँदा २ जनाको घटना स्थलमा नै मृत्यू भएको छ ।
मोटर साइलमा चालक खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलमा सवार दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको घटना स्यलमा नै मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएकोछ ।
मोटर साइकलमा सवार दुबै जनाको घटना स्थलमा नै मृत्यू भएपछि आक्रोशित स्थानीयले मोटर साइलकललाई ठक्कर दिने बागमति प्रदेश-०१-००६ ख ४५९३ नंम्बरको बस आगोजानी गरेकाछन भने बस चालक रामेछाप मन्थली १३ का २४ वषीया रुपेश अधिकारी प्रहरीको नियान्त्रणमा छ ।
काठमाण्डौबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुबहाक बसले विपरित दिशाबाट आउदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
Leave a Reply