आन्दोलन चर्किएकै बेला अध्यक्ष पत्नीसहित विदेशतर्फ

पुष १५, काठमाण्डौँ ।

देशमा पहिचानबादीको आन्दोलन चर्किएकै बेला अध्यक्ष भने विदेशतर्फ लागेकाछन । किरात राई यायोक्खाको अध्यक्ष जीवन हाताचो पत्नी सिता राई सहित पुष १५ गते छिमकी मुलुक भारतको दिल्ली प्रस्थान गरेकाछन ।

अध्यक्ष हाताचो उपचारको लागि दिल्ली प्रस्थान गर्नु भएकोछ । गत कार्तिक ८ गते अचानक मस्तिष्क पक्षघात भई उपचारको लागि नर्भिक अस्पताल काठमाण्डौँ उपचारको लागि आपतकालिन भर्ना भएको अध्यक्ष राईको नर्भिक अस्पतालमा ५ दिन उपचारपछि थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल भर्ना भएको थियो ।

अन्नपूर्णले अध्यक्ष राईको मस्तिष्क घात हुनुको कारण (AVM) अर्थात (A brain arteriovenous malformation)  भएको बताएको थियो  । एभिएम मुटुको धमनीबाट शुद्ध रगत मस्तिष्क पुराउन नलीमा पुराउने बाधा हो । यो बच्चा जन्मिनु अगाबै भ्रूणबाट बच्चाको विकास हुनेक्रममा नै केही गडबडीको कारण यो समस्य देखापर्ने अनुमान चिकित्सकहरूको छ ।

यो एउटा जटिल समस्य हो र यसको संख्या शुन्य दशमलब १० मानिएको छ अर्थात १ हजार जनामध्ये १ जनाको यस्तो समस्य हुने चिकित्सकको अनुमान छ ।


यसको निराकरणको लागिअन्नपूर्णपछि न्यूरो अस्पताल बासबारीमा गत मंसिर १० गते (DSA (Digital Subtraction Angiography फिलाको नशाबाट तार छिराएर दिमागमा MRI गर्ने ) गरेपछि नेपालमा यसको उपचार हुन नसक्ने पक्का भएको र चिकित्सककै सिफारिसमा थप उपचारको लागि दिल्ली जानु परेको अध्यक्ष राईले बताउनु भयो ।

पहिचानको आन्दोलनकोले चर्को रुप लिएको बेला आफु आन्दोलनमा सहभागी हुन नसक्नु आफ्नो दुर्भाग्य भएकोमा आम पहिचावादीसंग माफी माग्दै स्वस्थ्य अुनकुल हुन साथ आफु पहिचानको आन्दोलनमा सशक्त रुपमा सहभागी हुने अध्यक्ष राईको प्रतिबद्धता छ ।

अध्यक्ष राईको स्वस्थ्य लाभको लागि किरात राई यायोक्खा लगायत सबै आफन्जत, शुभचिन्तक तथा पहिचान पक्षधरले कामना व्यक्त गरेकाछन ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*