‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

फाल्गुन १, एजेन्सी ।

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ ।

आफ्नो सालो रमेश तथा सालोको श्रीमतीले प्रहार गरेको गाली गलौच शब्दले आफुलाई विक्षिप्त पारेकोले आफु आत्म दाह गर्न बाध्य भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भावुक  स्टाटस् लेखेर वेपत्ता भएको मानैली मृतक भेटिएको  छ ।

आफ्नो सालो रमेश तथा सालोको श्रीमतीले प्रहार गरेको आफ्नो निवासमा परिवारजनकै अगाडि तथानाम गाली गलौच शब्दले आफुलाई मर्माहत पारेकोले आफु आत्म दाह गर्न बाध्य भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा संवेदनशील स्टाटस् लेखेर वेपत्ता भएको मैनाली मृतक भेटिएको जनाइएको छ ।

संवेदनशील स्टाटस देख्नै वित्तिकै मैनालीको आफन्तजन तथा प्रहरीले खोज्ने क्रममा कारमा जलिरहेको अवस्थामा उनको शव भेटिएको बताइएको छ ।

सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेको मैनाली परिवार सहित अमेरिकामा नै रहदै आएको थियो ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा प्रहरीले उनको शव फेला परेको छ । मैनालीले सेतो रंगको कार भाडामा लिएर सो कारमा नै आगो लगाएर आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ । मृतक मैनालीले माघ २९, अर्थात फेब्रुअरी १२ मा स्टाटस् लेखेर वेपत्ता भएको थिए । 

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि नियन्त्रणामा लिएको बताइएको छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*