पोखरामा चालकले देखायो सडकै सर्कस बस ठाडोपरि उभिएपछि हेर्नेको भिड

चैत्र १७, काठमाण्डौँ ।

पोखराको २८ लेखनाथ अर्चलेमा ग १ ख ८६८० नम्बरको बसमा सडकमा नै ठाडो परेपछि हेर्ने मान्छेको भिड भएको छ । बसलाई ड्राइभरले जानीजानी त्यसो गरेको भने होइन ।

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा एक्कासी ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भइ सिधा उभिएको प्रहरीले बताएको छ ।

चालकबाहेक अरु यात्रु नरहेकोले मानवीय क्षति नभएको र चालक घाइते भइ अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*