हरेक किमीमा ड्रम टायर बेरिकेट राखिएर कुरूप पारिएका सडक, बाटैभरि सधैँ तैनाथ गरिएका प्रहरीहरू, तिनका हातहातमा जरिवाना धुत्ने रसिदको ढड्डा देख्दा लाग्छ मानौँ नेपाल अहिले आतंकबादको चपेटामा छ, सडकमा अनुशासनहीन, अपराधीहरू र हतियार लिएका लुटेरा डाकाहरू खुलेआम सफर गररिरहेका हुन्छन्, तिनलाई रोक्न प्रहरीहरू सडकभरि तैनाथ गरिएका हुन्।सडक भनेको यात्रामा समय बचत गर्न बनेका हुन्छन्, बीच बाटैमा गाडी रोकेर चालकसंग वादविवाद गर्दै सडक जाम गराएर समय वर्वाद गर्नेमा एक नम्बर ट्र्याफिक प्रहरी नै हुन्।
सबैको हातमा जरिवाना लिने रसिदको ढड्डा बोकेका देखिन्छन् , मानौँ तिनको मूख्य काम सवारी साधनबाट जरिवाना झार्दै लाईसेन्स खिच्दै तलब थाप्ने हुन्। १ वर्षमा पौने २ अर्ब रूपैयॉ जरिवाना उठाउछन् तर सडकमा न रोड पेन्टिंग छ, न रोड साईन छ, न रोड लाईट छ।
जेब्रा कहॉ छ दिउदै टर्च बालेर चियउनु पर्छ। अनि नियम किन मिचिस भनेर लाईसेन्स ब्लुबुक खिच्दै जरिवाना लगाएर पैसा तिरेर बग्गी खाना गएर कागजात फिर्ता लिनू भन्दै राजसी आदेश दिन्छन्। कबाडी बनेका रोडहरू भए पनि अर्बौँ जरिवाना धुत्नकै लागि ट्र्याफिक प्रहरीहरूलाई तैनाथ गरेर तिनलाई जागिर खुवाईएको त होला कर! भनेर भिम उपाध्यले आफ्नो दुःख व्यक्त गर्नुहुन्छ ।
Leave a Reply