गरिब नागरिकलाई निशुःल्क उपचार

बैशाख १६, काठमाण्डौँ ।

काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन साहले नेपालभरिको जुनसुकै क्षेत्रको विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने बताएकाछन । बालेन साह फ््यान नामक फेसबुक आइडीबाट एक पोष्ट शेयर गर्दै सो जानकारी सार्वजानिक गरेकाछन ।


उनले अशक्त र गरिब परिवार तथा व्यक्तिलाई सम्बन्धित स्थानिय निकायको सिफारिस सहित काठमाण्डौँ महानगर पालिकामा सम्पर्क गर्नेलाई निःशुल्क उपचारको व्यवस्था हुने बताउनु भयो । उनले स्टासमा “

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला । सम्पर्क : ११८० (1180)वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग” भनि उल्लेख गर्नु भएको छ ।

मेयर साहको स्टाटस सार्वजानिक भएसंगै आम नेपालीले खोजेको जस्तो प्रतिनिधि बल्ला पाएको भनि खुशी व्यक्त गरेकोछन ।

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*