एउटा छोरोले SEE को परीक्षामा ” ए” ग्रेड अंक प्राप्त गर्यो । बाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने – खीर बनाउ आज ! स्कूलको परीक्षामा तिम्रो प्यारो छोरा प्रथम श्रेणिमा पास भएको छ ।
आमा भान्सा कोठाबाट दौडँदै आइन् र खुशी हुँदै भनिन् – खै, मलाई पनि देखाउनुस न ! म पनि छोराको रिजल्ट हेरौं । छोराको मुखबाट फ्याट्ट निस्कियो – बा ,के यिनले यो पढ़न सक्छिन् ? यिनी त अनपढ छिन् । अश्रुपूर्ण आँखालाई सारिको फेरोले पुछ्दै आमा खीर बनाउन भान्साकोठा गईंन ।
यो सबै हेरेर बाले भने – हो छोरा, तैले एकदमै सही भनिस् । तेरी आमा अनपढ़ छे । हाम्रो बिहे भएको तीन महिना भित्र नै तेरी आमा गर्भवती भएकी थिइ, बिबाहपछि कहीँ घुम्न गएका थिएनौ । एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौ । मैले भने, यस पटक गर्भपतन गराउँ, पछि जन्माउँला बच्चा ! तर तेरी आमाले मानिनन् । त्यसपछि तेरो जन्म भयो ।
ऊ अनपढ थिई । तँ गर्भमा हुँदा उसलाई दूध एकदमै मन पर्दैनथ्यो । तर उसले तँलाई स्वस्थ बनाउनको नौ महीनासम्म दूध पिउथी, किनकी तेरी आमा अनपढ थिइ। तँलाई बिहान ७ बजे स्कूल जानु पर्थ्यों । त्यसैले बिहान ५ बजे उठेर तँलाई मनपर्ने नास्ता र टिफिन बनाउँथी, किनकी ऊ अनपढ़ थिई । तँ रातमापढ़दा-पढ़दै निदाउथिस्, ऊ आएर तेरो कापी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र सुत्थी । रातमा बारम्बार उठेर तँलाई सिरक ओढाउँथी, किनकी ऊ अनपढ़ थिई ।
सानै देखि तँ धेरै समय बिमार भैरहन्थिस्, त्यतिबेला ऊ रात भर जागेर पनि बिहान चाँडै उठ्थी र काममा लाग्थी, किनकी ऊ अनपढ़ थिई ।
तेरो लागी ब्रान्डेड कपडा ल्याउन मेरो पछि पर्थी र स्वयं वर्षभरि एउटै साडीमा रहन्थी किनकी ऊ अनपढ़ थिई । छोरो, पढे लेखेका मान्छेहरू सबभन्दा पहिला आफ्नो स्वार्थ हेर्छन् । तर तेरी आमाले आजसम्म कहिल्यै आफ्नो बारेमा सोँचिनन्,किनकी ऊ अनपढ हो । उसले खाना बनाएर हामीलाई पस्किएपछि कहिलेकाहीँ आफैले खान नै बिर्सन्थी । त्यसैले म गर्वको साथ भन्छु – तेरी आमा अनपढ हो ।
बाको मुखबाट यस्तो सुनेर छोरो रुँदै आफ्नै आमालाई अँगालो हाल्दै भन्छ – आमा मैले त कागजमा अंक ल्याको हो । तर तपाई मेरो जीवनलाई १००% बनाउने पहिलो शिक्षिका हुनुहुन्छ । आमा, म आज पनि अशिक्षित छु र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ, किनकी आज मैले आफ्नी आमा भित्र लुकेको डाक्टर, शिक्षक, बेस्ट कुक यी सबैको दर्शन गरेँ । मलाई माफ गर्नुहोस् आमा । सामाजिक सञ्जालबाट
Link: https://www.facebook.com/photo.php?fbid=634387605460755&id=100066685624077&set=a.512438380989012&locale=bg_BG
Leave a Reply