बहालवाला चार मन्त्रीहरू विरुद्ध मुद्धा

भदौ ६, काठमाण्डौँ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल सहित ४ जना मन्त्रीहरू विरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग टंगाल, काठमाण्डौमा मुद्धा दायर भएको छ ।

मन्त्रीहरूमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, उर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्का र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेकोछन ।

दायर भएको मुद्धामा अर्थमन्त्री पौडेलले बुटवलको देवीनगर र काठमाडौंको बालुवाटारमा किनेको जग्गाबारे उचित छानविन गर्न माग गरिएको छ । परराष्ट्रमन्त्री डा. राणा विरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएकाछन ।

यसैगरि उर्जा जलस्रोत तथा सिचाई मन्त्री खड्काले लैनचौरमा रहेको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएको र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारी मन्त्री बैदेशिक रोजगारीमा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ ।

युवराज सफल’ भनेर चिनिने पौडेल पुर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रबी लामिछान विरुद्ध सर्वोच्च अदालतमा नागरिकताको विषयमा मुद्ध दायर गरि छानविन हुँदा लामिछाने कारबाहीमा परेर लामिछानेको संसद, गृहमन्त्री पार्टीको सभापति सबै पद खारेज भएको थियो पुनः काठमाण्डौ प्रशासनबाट उनको नेपाली नागरिकता जारि भएपछि फेरी चुनाब लड्नु परेको थियो ।

6

5

4

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*