भाद्र १७, काठमाण्डौँँ ।
सङ्गीतका पारखी, उस्तात प्रदर्शनी मार्ग, काठमाण्डौको स्थित आर. आर. क्याम्पसका सहायक क्याम्पस प्रमुख रविनदास श्रेष्ठ (संगीत उपप्राध्याप)को निधन भएको छ ।
सहायक क्याम्पस प्रमुख श्रेष्ठको असामयिक निधनले आरआर क्याम्पस मात्रै नभइ त्रिभुवान विश्वविद्यालय तथा समग्र नेपाली गीत सङ्गीतमा नै ठूलो क्षति पुगेको छ ।
मृतक श्रेष्ठको मुटुमा समस्या भएपछि मनमोहन अस्पताल महाराजगन्ज, काठमाण्डौमा उपचारमा भर्ना गरिए पनि उपचारमा संलग्न चिकित्सकले हिजो (आइतबार, भाद्र १७) राती ९ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।
भद्र, मिजासिलो र शालिन स्भावका श्रेष्ठले हाल दापा संगीतमा खोज अनुसन्धान गरि पिएचडीको अन्तिम तयारीमा हुनुहुन्थ्यो ।
आर आर क्याम्पसमा समेत सङ्गीत विषयको स्नाकोत्तर अध्ययपनको लागि लागीपरेका श्रेष्ठको अगुवाइमा आर आर क्याम्पसले सङ्गीत स्नाकोत्तरको लागि सबै व्यवस्थापन तयारी छ भनि क्याम्पसले केन्द्रीय विभाग त्रि.वि.लाई पत्रचार गर्नुकोसाथै कक्षा सञ्चालनको लागि केन्द्रीय विभागलाई बुझाउनु पर्ने आवश्यक दस्तुर शुल्क समेत बुझाइ सकेको र त्रि. वि.केन्द्रीय विभागले स्वीकृति दिन बाँकी रहेको छ ।
मृतक श्रेष्ठको पशुपति आर्यघाट अन्त्येष्टि गरिने बताइएको छ ।
Leave a Reply