सपनाको बजार अर्थात ड्रिम मार्केट

केही दिन अगाडि पाकिस्तानको कराची शहरमा बिदेशमा बसोबास गर्ने एक धनाध्य पाकिस्तानीले आफ्नो देशवासीका लागि सस्तोमा सामान उपलब्ध गर्ने उद्देश्यले बिशाल डिपार्टमेन्टल स्टोर Dream Bazar खोल्ने निधो गरे । सामाजिक सञ्जालमा महिनौ अगाडि देखि प्रचार गरे । अन्तत स्टोर खोल्ने दिन आयो । हजारौ मानिस मूलढोका खोल्ने समयको प्रतिक्षामा बाहिर उभिरहे ।

सेप्टेम्वर १ को दिउसो ३ बजे स्टोरको ढोका खुल्यो । एकैचोटी हजारौ ग्राहक स्टोरमा प्रवेश गरे । मालिक निकै खुशी भएका थिए । तर आधा घण्टा भित्र स्टोर पुरै लुटिएको थियो । जताततै तोडफोड र सामानहरु जसले जति सके बोकेर बाहिरिएका थिए । एउटा सपना बाड्न खोलिएको Dream Bazar आधा घण्टामा एउटा Nightmare मा परिवर्तन भयो ।

ठूलो छुटहरु दिने घोषणा सहित खुलेको यस स्टोर लुटिनुका पछाडि यहाँका पुरानका ब्यापारीहरुको षडयन्त्र पनि हुन सक्छ । दोश्रो स्टोरमा क्षमता भन्दा बढिको प्रवेश रोक्न सुरक्षाको प्रवन्ध गर्नुपर्ने थियो, त्यो हुन सकेन । एकैचोटी ठूलो भिड प्रवेश गर्दा त्यहाँका कर्मचारीहरु मूकदर्शका रुपमा हेरिरहनु बाहेक केही गर्न सकेनन् ।

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*