कुमारी जात्रा

इन्द्रमान मर्हजन

असोज १, काठमाण्डौँ । कुमारी जात्राअन्तर्गत पहिलो दिनको रथयात्रा क्वनेया(तल्लो टोलको यात्रा)गर्दै सम्पन्न भएकोछ ।

राजधानी काठमाडौंको प्राचीन नगरमा रहेको हनुमानढोका दरबार परिसरमा यँलाथ्व द्वादशीको दिन येँयास् कुमारी जात्राको सुरुवाती संकेत स्वरुप तलेजु मन्दिर परिसर अगाडि यसिँ ठड्याए संगै सुरु भएको येँयास् पुन्हि (कुमारी जात्रा) अन्तर्गतको पहिलो दिनको रथ यात्रा क्वनेया (तल्लो टोलको यात्रा) गर्दै पहिलो दिनको रथयात्रा सम्पन्न भएको छ ।

पहिलो दिनको रथयात्रा अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्टपति रामसाहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत विशिष्ट व्यक्तिहरूको सहभागितामा सम्पन्न भएको हो ।

जात्रााको पहिलो दिन विशिष्ट व्यक्तिहरूद्धारा श्री गणेश श्री भैरव श्री कुमारीको रथलाई दर्शन पश्चात् श्री गणेश श्री भैरव श्री कुमारीको रथलाई प्राचीन कान्तिपुर नगर भित्रको अट्कोनारायण स्थान (चिकंमु)जैसिदेवल लगन भीमसेनथान हुँदै फेरि वसन्तपुर दबलिमा आएर रथयात्र सम्पन्न भएको हो ।

उक्त जात्रामा हल्चोकबाट श्री सवभकु (हलचोक आकाश भैरव) भक्तपुर बाट महाकाली नाच मजिपास् चिकंमुगल बाट श्री शान्त भैरव मजिपास् लाखे आजु परम्परागत किलाघस् गुठीबाट पुलुकिसि एरावत हात्तीसंगै ऐतिहासिक न्हूघस् दबलि अर्थात जैसिदेगल दबलिमा दि प्याखँ पनि संगै प्रदर्शन गरिएको थियो।

किम्बदन्ती अनुसार एकदिन स्वर्गलोकको राजा इन्द्र आफ्नी आमालाई बसुन्धराको भाद्र शुक्ल चतुर्दशीको व्रतको निम्ति पूजा सजाउन पारिजातको फूल खोज्दै कान्तिपुर नगर आएका हुन्छन् । सोही समयमा कान्तिपुर नगर हुँदै स्वर्ग जाने क्रममा हालको काठमाण्डौको मरू टोलमा पारिजात फूल भेट्टाउँछन र आमाका लागि हुन्छ भनेर टिप्न लाग्दा उनलाई स्थानीयले चोर भनी नियन्त्रणमा लिन्छन् ।

डोरीले पाता कसी बीच सडकमै जात्रा गर्छन् लामो समयसम्म पनि छोरा नफर्किएपछि छोरो इन्द्रको खोजीमा आएकी उनकी आमाले उनलाई ध्यान दृष्टिले पनि । थाहा पाउन नसकेपछि इन्द्रको बहान एरावत हात्तीलाई बोलाएर इन्द्रको खोजीमा हात्तिलाई पश्चिम पठाएर आफु चाही पुर्वतर्फ हिंडे ।

सोही समयमा इन्द्रको बहान एरावत हात्ती पुलुकिसिले विध्वंस मच्चाउन थालेपछि मानिसहरू अत्यन्तै डराउन थाले खोज्दै जाने क्रममा इन्द्रको आमा बसुन्धराले आफ्नो छोरालाई पाता कसेर राखेको देखेपछि सो बन्धनबाट मुक्त गराउन छोराको बदलामा स्वर्ग लाने वाचा गरिन ।

इन्द्रलाई फर्काएर लाने बेलामा हालको इन्द्रदहमा उ संगै आएका सबैलाई नुहाएर आउन अनुरोध गरिन सबै जना नुहाउन ब्यस्त हुँदै गर्दा इन्द्र र इन्द्रको आमा स्वर्ग जाँदै गर्दा खुट्टा समातेर दुईतीन जना स्वर्ग गएको किम्बदन्तीमा पाइन्छ ।

जसमा अरु नुहाउन पुगेकाहरू छकिन पुग्दछ । यसै येँया (कुमारी जात्रा)को समयमा गणेश, भैरव र कुमारीको रथ परिक्रमापछि स्थानीय मरुटोलबाट दागी निकाल्ने परम्परा छ जस अन्तर्गत वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्दै राजधानी थानकोटमा रहेको इन्द्रदहमा मेला भर्ने परम्परा रहँदै आएको हो ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*