कार्तिक २, काठमाण्डौँ ।
जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएसंगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गरेको अरोपमा पक्राउ परेको छ ।
गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा पोखराको सुर्य दर्शन सहकारीको रकम अपचलन गरेको अरोपमा सभापति लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली, काठमाण्डौबाट पक्राउ गरे लगतै लामिछानेलाई सडक मार्ग हुँदै पोखरा लगिएको बरिष्ठ प्रहरी उपरिक्षक तथा प्रहरी पवक्ता दानबहादुर कार्कीले बताउनु भयो ।
लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा समेत अनुसन्धान गर्ने प्रहरीको तयारी रहेको बताइएको छ ।
पक्राउको लागि पार्टी कार्यालयमा प्रहरीको घेराबन्दी परे लगत्तै लामिछानले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु निर्दोष रहेको र सरकारले फसाएकोले आफु जेल मुक्त भएपछि भष्ट्रचार र अनिमियततामा संलग्न भएकाहरूलाई छिट्टै एकएक गरि डण्ड सजाए गराउने बताउनु भयो ।
प्रतिनिधि सभाबाट बनेको संसदीय समितिले लामिछाने सहकारीकारीको रकम लेनदेनमा कही संलग्नता नभएको तर सुर्यदर्शन सहकारीको अध्यक्ष जितेन्द्रबहादुर राईले सो सहकारीबाट ६५ करोड रकम अपचलन गरि गोर्खा मिडियामा लगिएको र सो रकमको कारोबारमा लाछिानेको समते संलग्नता रहेको ले लामिछाने प्रहरीले पक्राउ परेको हुन ।
गोर्खा नेटवर्कको सञ्चालक तथा पूर्व डिआइजी (प्रहरी नायब महानिरिक्षक) छविलाल जोशी असोज ६ गते नै पक्राउ परेकाछन भने मुख्य अभियुक्त जिबी राई फरार रहेकाछन ।
Leave a Reply