सन् १८७५ मा नेपाल आएका बौध दर्शन तथा पूर्वीय भाषा, संस्कृति र ईतिहासका विद्वान इभान पाभ्लोभिच मिनाएभले विरुपाक्ष वारे पनि चर्चा गरेका छन् |
बौध भिक्षुहरु अपरान्ह अघि एक पटक मात्रै भोजन गर्दछन् | उनको बारेमा अनुश्रुति छ, ” … विरुपाक्षले देखे कि सूर्य पश्चिमतर्फ ढल्कन लागिसकेका छन् | खाने पिउने समय घर्किनै लागेको देखेर उनले सूर्यको आराधना गर्दै भने, ‘ हे सूर्य, भगवानको भक्तिमा लागेको हुनाले मैले भोजन गर्ने समय पाइनँ | अतः तपाई आकाशमा अड्किनुहोस, मैले भोजन नगरेसम्म पश्चिमतर्फ नढल्कनुहोस |’
अनि एक हातले सूर्यलाई आकाशमा रोकेर उनले भोजन गरे | ध्यानमग्न स्थितिमा उनको पशुपतिनेरै निधन भयो र शिलामा परिणत भए |”
उनी पशुपति आर्यघाटको ब्रम्हनालको सिधा अघिल्तिरको विरुपाक्षको बारेमा चर्चा गर्दै थिए |
बुद्धका समकालीन किरांत राजा जितेदस्ती स्वयं बौध मार्गी थिए | बौध धर्ममा महायानी सम्प्रदायको विकास हुँदाको बखतमा पनि यहाँ किरांतहरुकै राज थियो | यसैले यस कालखण्डमा बौद्ध संरचना पाईनु स्वाभाविक हो | यसरी उनि किरांत सभ्यताका सृजना त हुन् नै तर खासै कुन शताब्दी तिरका हुन् त्यो चाहिँ यसै भन्न सकिदैन |
अनुश्रुतिका पात्र हुन् या काल्पनिक या इतिहासका त्यो पनि भन्न गाह्रो छ | मुर्तिकलाले विशेष गरी महायानको प्रारम्भ पछि विशेष गति लिएको थियो | लख गर्न के सकिन्छ भने विरुपाक्ष बौध धर्मको महायानी सम्प्रदायका सृजना हुनुपर्छ | खिलध्वज
Leave a Reply