२५औँ_कवि पुरस्कार मंगलदर्शनलाई

मंसिर २१, खोटाङ ।

किराती राई जाति भित्र ३६ भाषी राईहरू मध्ये हाल अस्तित्वमा रहेको २८ भाषी किरात राईहरूमा भाषा र सस्कार, संस्कृतिले मजबुद मानिने वाम्बुले राई जातिको २५ औँ कविता प्रतियोगिता सम्पन्न भएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं–२ दाम्लिमा आयोजित प्रतियोगितामा मानेभञ्ज्याङ गाउपालिका–६ हिलेपानी, ओखलढुङ्गाको कवि मंगलदर्शन राई प्रथम, मानेभञ्ज्याङ–२, वाक्साको सुष्मिता राई द्धितीय, हलेसी–तुवाचुङ नगरपालिका–२, डिकुवाको जीवराज राई तृतिया भएकाछन ।

यसैगरि हलेसी–तुवाचुङ नगरपालिका–१ बाहुनी डाँडाको कवि महावीर राई र मानेभञ्ज्याङ–५ को विजय राईले सान्त्वना पुरस्कार हासिल गरेकाछन । प्रथम कविलाई रु १० हजार राशी सहित प्रमाण पत्र, द्धितीयलाई रु ६ हजार सहित प्रमाण पत्र, तृतीयलाई रु ४ हजार सहित प्रमाण पत्र र सान्तवना २ जनालाई रु २,२ हजार रकमसहित प्रमाण प्रदान गरिएको छ ।

राष्ट्रगान सर्जक व्याकुल माइलाको प्रमुख अतिथ्यामा सम्पन्न कविता प्रतियोगिता वाम्बुले जातिको साझासंस्था वाम्बुले राई समाज ९वाम्रास०को २७औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको हो । वाम्रास केन्द्रको आयोजनामा कविगोष्ठि तयारी समिति खोटाङ, डिवा सेवा समाज, जनजागरण युवा क्लब र वाम्रास जिल्ला कार्यसमिति खोटाङको संयुक्त व्यावस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रमुख अतिथि लगायत विशिष्ट व्यक्तित्वहरूलाई पञ्चै बाजासहितको स्वगत र सत्कारले कार्यक्रम थप आकर्षक र सोभनीय बनेको हो ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*