संसारकै कठोर कानुन भएको देश

सिंगापुरलाई संसारकै सबैभन्दा विकसित र कठोर नियम–कानुन भएको देश मानिन्छ । सिंगापुर विकसित हुनुमा त्यहाँको कठोर कानुन तथा अनुशासन पालनालाई नै प्रमुख कारण मानिएको छ । सिंगापुरको कानुनअनुसार त्यहाँ कसैलाई पनि सार्वजनिक स्थलमा गाली गर्न पाइँदैन । त्यसो गर्नु गम्भीर फौजदारी अपराध मानिन्छ । यसैगरी सार्वजनिक स्थलमा फोहर फ्याँक्नु, धूम्रपान एवं मद्यपान गर्नुलाई पनि सिंगापुरको कानुनले दण्डनीय अपराधको श्रेणीमा राखेको छ । 

नागरिकको स्वास्थ्य कुनै पनि सरकारको पहिलो दायित्व हो । आफ्नो यो दायित्व पूरा गर्न संसारका कतिपय मुलुकले स्वास्थ्य सेवालाई नि:शुल्क गरेका छन् भने कतिपय मुलुकले आफ्ना शत–प्रतिशत नागरिकलाई स्वास्थ्य बिमा उपलब्ध गराएका छन् । यद्यपि सिंगापुर मात्र संसारको यस्तो मुलुक हो जहाँ नागरिकलाई स्वस्थ राख्न त्यहाँको सरकारले सार्वजनिक स्थलमै एक्सरसाइज मेसिन उपलब्ध गराउँछ । त्यसबाहेक सिंगापुरमा सबै जिमखाना त्यहाँका नागरिकका लागि नि:शुल्क उपलब्ध छन् । इकान्तिपुरबाट

http://bit.ly/2DzZbeb
About Everest News 734 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*