सर्वाधिक चर्चाको इथ्योग्राफिक्स भिडियो यू–टूबबाटै गायब ।

पुर्वेली लोकप्रिय गयिका मनु नेम्बाङ, इन्द्रशुसील चोङबाङ र टिका लिम्बुको स्वर तथा अभिनय रहेको पुर्वेली इथ्नोग्राफिक्स भिडियो यू–टुुब च्यानलबाट एकाएक हटेकोे छ ।

एभरेष्ट कल्चर मिडियाको आधिकारिक च्यानलबाट अपलोड गरिएको भिडियो केही समयदेखि अनाधिकृत रुपले प्रज्वल मगर नामक आइडीबाट कपीराइट आधिकार दावी भएको देखिए पनि निज आइडीवाला व्याक्तिसंग हाम्रो कुनै सम्बन्ध नरहेको’ गायिका तथा एभरेष्ट कल्चर मिडियाका निर्देशक मनु नेम्बाङ बताइन ।


राजकुमार तेयुङ ‘तरेबा’ तेयुङको शब्द रहेको गीतको लय इन्द्रशुसील चोङबाङ छ भने रेकर्डिङ टिका लिम्बुको लगानीमा भएको थियो ।

अडियो रेकर्डिङ तथा भिडियो निर्माणको कार्य एभरेष्ट मिडियाले आफ्नै स्टुडियोबाट सम्पन्न गरेकोे थियो । सम्भु सुब्बा ‘असफल’ र एभरेष्ट मिडियाको संयुक्त लगानीमा निमार्ण भएको भिडियो एभरेष्टकै आधिकारिक च्यानलमा अपलोड गरिएको थियो ।

भिडियो हटेको जानकारी पाउन साथ मिडियाका प्रबन्ध निर्देशक चन्द्र वाम्बुलेले मितिः २०७५ चैत्र२८ गते आधिकारिक प्रमाण सहित महानगरीय अपराध महाशाखा,टेकु, काठमाण्डौँमा अपराधीको पहिचान गरि यथासिघ्र पक्राउ तथा कारबाहीको माग सहित उजुरी पेश गरेतापनि हालसम्म सो व्यक्तिको एकिन पहिचान नभएको र अब धेरै समय नलाग्ने महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सहकुुल थापाले बताउनु भयो ।

एभरेष्ट मिडियाले यू–टूबमा अपलोड गर्नु पुर्व नै सो आइडीवालाले अपलोड गरेर हाइट अप्सनमा राखेकोले एभरेष्ट मिडियाको भिडियोमा कपीराइट क्लेम भएको महाशाखाका, साइबर क्राइम फाँटका प्रहरी निरिक्षक लिला डाँगीले बताउनु भयो ।

महाशाखाले निज अनाधिकृत व्यक्तिको इमेल आइडी तथा केही ठेगानाको पहिचान भइसकेकोले केही दिनमा नै पक्राउ पर्ने जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले बताउनु भयो ।

यू–टूब सम्बन्धीको कानुन नेपालको संविधानमा स्पष्ट रुपमा उल्लेख नभएकोले सो सम्बन्धीको अपराध नेपालमा धेरै बढेको डाँगी बताउनु भयो ।

चलचित्र निर्देशक चन्द्र वाम्बुलेको निर्देशन रहेको उक्त भिडियोको छायाङ्कन बरिष्ठ सिनेमेटोग्राफर युबराज राई गरेका थिए ।

लिम्बु समुदायको विबाहपछिको चारकोलम रित बुझाउने परम्परा र सस्ंकृतिलाई हुबहु भिडियोमा उतारिएकाले यस भिडियोमा जिवन्नता भएकोे कमेन्ट अधिकांश दर्शकले राखेका थिए ।

अत्याधिक मन पराइएको भिडियो अपलोड भएको केही महिनामै १० लाख भन्दा बढि भिओर्स पुगेको थियो ।


I’m extremely impreessed with yoir writing skills aand also with the layout on your blog.
Is this a paid theme or did you customize it yourself?
Anyway keep uup the excellent quality writing, it iis rare to see a great blog like this one nowadays.
Ya I paid for web hosting then made layout myself..
I’m gone to say to my little brother, that he
should also viswit this blog on regular basis to get updaterd from most recent news
update.
Thanks for your kindness comments
Need better SEO reporting for your everestnewsnepal.com website? Let’s try http://seo-reporting.com It’s Free for starter plan!
Dear Sir,
Am contacting you to partner with me to secure the life insurance of my late client, to avoid it being confiscated. For more information, please contact me on + 447452275874 or pedrom@uicinuk.com
Regards
Pedro Molina
Excellent article. I certainly appreciate this website.
Stick with it!