नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

संवाददाता

असोज १८,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।

महाधिवेशनअन्तर्गत असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचनमा सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।

कांग्रेसका अनुसार महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुँदैछन्। महाधिवेशनले पार्टीको आगामी नेतृत्व र नीतिगत दिशाबारे निर्णय गर्नेछ।

About Everest News 913 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*